संस्कृति तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बिरोध गर्नु राष्ट्र हित विपरित भएको बताउनुभएको छ ।
शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सव (रजत) का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले निजगढ विमानस्थल अहिले बनाउन नदिइ बिरोध गर्नेहरुले १० वर्षपछि देशलाई हुने घाटा व्यहोर्नुपर्ने बताउनु भयो । उहाँले निजगढ बनाउन लाग्दा बाधा अवरोध गर्नु राष्ट्र हित विपरित हुने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘निजगढ विमानस्थल अहिले नबनाएर १० वर्षपछि देशलाई हुने धोका जसले अहिले विरोध गर्छ त्यसले लिनुपर्छ । आज निजगढ बनाउनुपर्छ भन्दा जसले बाधा अवरोध गर्छ । त्यो राष्ट्र हितमा हुँदैन । नेपाल वायुसेवा निगमसँग किन झगडा बढी हुन्छ भन्ने कुरा छ । त्यसमा जोसँग जीवन बिताउनु पर्छ त्योसँग बढी झगडा हुन्छ । काम गर्ने क्रममा हुने झगडा नभएर सल्लाह हो भन्ने बुझ्नुपर्छ ।’
उहाँले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जतिसुकै ठूलो बनाए पनि त्यसले परिणाम दिन नसक्ने बताउनु भयो । उहाँले काठमाडौंको एयरपोर्ट बनाउनु र ९० वर्षकी आमालाई लिपिस्टिक पाउडर लगाएर राम्री बनाउनु उस्तैउस्तै भएको टिप्पणी गर्नुभयो । उहाँले काठमाडौंको विकल्प सरकारले खोज्नैपर्ने भन्दै यसको विकल्प निजगढ विमानस्थल भएको बताउनु भयो ।
नागरिक उड्डयनमन्त्री सुदन किराँतीनिजगढ अन्तर्राष्ट्रिय विमानस्थल