fbpx

न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमवार नेपाल आउँछः मन्त्री हितबहादुर तामाङ

author

समाचारपाटी

४ हप्ता अगाडि

संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमवार काठमाडौं विमानस्थलमा आउने बताउनुभएको छ ।


आईतवार मन्त्री तामाङले पर्यटन बिटमा लेख्ने पत्रकारहरुसँगको छलफल कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले लोमा समयदेखि इन्जिन मर्मतको लागि इजरायलमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमवार काठमाडौैं विमानस्थल आउने बताउनु भयो । उहाँले इन्जिन मर्मतपछि जहाज नेपाल ल्याउन लागिएको बताउनु भयो । उहाँले जहाजको इन्जिनमा समस्या आएर लामो समय ग्राउण्डेट हुँदा निगमलाई धेरै घाटा भएको स्वीकार गर्नुभयो । मन्त्री तामाङले जहाज नुहुँदा भएका समस्या जहाज मर्मत भएर आएसँगै समाधान हुने विश्वास लिएको बताउनु भयो । मन्त्री तामाङले आफू मन्त्री भएर आएदेखि जहाज तत्काल बनाएर ल्याउन ताकेता गरेकाले विभिन्न प्राविधिक समस्याका कारण चाँडै आउन नसकेको बताउनु भयो । उहाँले ढिलै भएपनि सोमवार जहाज मर्मत पछि नेपाल ल्याउन लागिएको बताउनु भयो । उहाँले युरोपेली युनियन (इयु) हवाई सुरक्षामा नेपाली वायुसेवालाई त्यहाँको आकासमा सिधा उडान गर्ने कार्ययोजना बनाउने विषयमा अडिक रहेको बताउनु भयो । उहाँले आकाशमा जुनसुकै देशको जहाज पनि उडान गर्न पाउनुपर्ने बताउनु भयो । उहाँले कार्ययोजना बनाउनको लागि सम्बन्धित निकाय,विज्ञहरुसँग छलफल गरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘म मन्त्री भएर आएपछि नेपाल वायुसेवा निगमको न्यारोबडी (नाइनएन–एकेएकस) जहाज ग्राउण्डेड भएको कुरा जानकारीमा थियो । जहाज बनाउनको लागि इजरायली पठाएको र मर्मत भइरहेको छ भन्ने जानकारी थियो । जसको कारणले नेपाल वायुसेवा निगमलाई दैनिक रुपमा घाटा भइरहेको छ । त्यो कुरा मन्त्री भएर आएपछि निगमका अध्यक्षसँग कुरा गर्दा १२ दिनमा जहाज आउने बताउनुभएको थियो । जहाज आउँदै छ भनेपछि मैले धेरै प्रेसर दिने काम गरिन । जहाज १२ दिनभित्र नभएपछि मन्त्रालयले चाँडै जहाज मर्मत सकेर ल्याउनको लागि निर्देशन दिइरहेका थियौं । प्राविधिक कारणले भनेको समयमा जहाज ल्याउन नसकेको जानकारी निगमबाट आयो । आज मलाई भोली सोमवार जहाज काठमाडौं विमानस्थलमा आउँछ । त्यो समस्या ढिलै भएपनि हल हुन्छ । युरोपेली युनियन (इयु) हवाई सुरक्षामा नेपाली वायुसेवालाई त्यहाँको आकासमा सिधा उडान गर्ने कार्ययोजना बनाउनुपर्छ भन्ने सन्देश दिनगरी यसअघि नै बोलेको थिएँ । त्यो कुरामा अहिले पनि अडिक छु । त्यसको लागि हामी छलफल गरिरहेका छौ । निजी क्षेत्र र विज्ञहरुसँग पनि छलफल गरिरहेका छौं । त्यो गराउन सकेनौं भने हाम्रो हितमा हुँदैन ।’
बा


उहाँले सरकारले मे २९ तारिकको दिन १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सगरमाथाको फेदमा दिवस बनाउने योजना बनाएको बताउनु भयो । उहाँले विगतमा प्रधानमन्त्रीको उपस्थितिमा मनाउने तयारी भएपनि बजेट लगाएको कारण जान नपाएको भन्दै यो वर्ष जेठ १६ गते परेकाले प्रधानमन्त्रीको सहभागिता रहने बताउनु भयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन