fbpx

नयाँ पुस्तालाई थप निराश बनाउनु हुँदैनः उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे

author

समाचारपाटी

२ हप्ता अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नयाँ पुस्तालाई थप निराश बनाउन नहुने बताउनुभएको छ ।शनिवार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि दक्ष जनशक्तिहरु नेपालमै केही गरौँ भन्ने ध्येयले स्वदेशमै स्वरोजगार बनि बसिरहेको बताउनु भयो । उहाँले देशभित्र पनि केही हुन्छ भन्ने आत्मविश्वास नयाँ पुस्तामा जागृत गर्न जरुरी रहेको बताउनु भयो । उहाँले देश रित्तो भयो भन्ने नकारात्मक भाष्य नयाँ पुस्तामा संप्रेषण गर्न नहुने बताउनु भयो । युवालाई देशभित्र बस्नका निम्ति वातावरण बनाउनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘यति ठूलो जनशक्ति तपाईंहरु देशभित्रै हुनुहुन्छ । देशभित्र पनि एउटा आत्मविश्वासका साथ रहनुभएको छ । सबै एक सय एक क्षमता भएको व्यक्ति हुनुहुन्छ । विदेश नै गएर बस्नसक्ने क्षमता राख्नुहुन्छ । तर यही ठाउँमा उभिएर यहाँकै नयाँँ पुस्तालाई सहजता प्रदान गरौँ भन्ने अठोट राख्नुभएको छ । अहिले थुप्रै विद्यार्थी बाहिर जानुभएको छ । यसलाई नकारात्मक भाष्यका रुपमा देश रित्तो हुने भयो भन्ने भाष्यका रुपमा अघि बढाएका छौँ । त्यसका राम्रा र नराम्रा पाटा मूल्यांकन र समीक्षाको विषय हो । हामी त्यसलाई ठिक बाटो तय गर्नेछौँ । तर नकारात्मक भाष्य मात्रै संप्रेषण गरेर हामीले थप नयाँ पुस्तालाई निराश बनाउनु हुँदैन । बाहिर जाने कुरा दुनियाँभर भइरहेको छ । यो विश्वव्यापीकरणको परिणामको रुपमा भइरहेको छ । यसमा चिन्ता गर्नुपर्ने छैन । यसमा नेपालले के फाइदा लिनसक्छ त्यसमा ध्यान दिनुपर्छ । त्यो पनि देशको विकासका लागि आवश्यक छ । देशभित्र बस्ने अठोट, देशभित्र बस्नका निम्ति आस्था सञ्चार गर्ने अठोट लिनुपर्छ । ’पर्यटनमन्त्री पाण्डेले विद्यार्थीलाई देश चिनाउने माध्यम बनाउन सकिने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल 

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

बिहिबार, माघ १०, २०८१

९.९६°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक