fbpx

नेपाल एयरलाइन्सको सुधार नगरी विश्राम लिँदैनौँः मन्त्री बद्रिप्रसाद पाण्डे

author

समाचारपाटी

२ हप्ता अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिवद्धता जनाउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले अब नेपाल एयरलाइन्सलाई नसुधारीकन विश्राम नलिने बताउनु भयो । नेपाल एयरलाइन्सलाई सुधार गर्नका लागि समिति, सांसद, सरकार सबैले संकल्प लिन जरुरी रहेको बताउनु भयो । समस्याको पहिचान गरेर सुधार गर्नु अपरिहार्य रहेको बताउनु भयो । उहाँले क्यान र नेपाल एयरलाइन्सबीचको सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले नेपाल वायुसेवा निगम र नेपाल एयरलाइन्स सेवाप्रदायक संस्था भएकाले एकअर्कामा समन्वय र सहकार्य हुन जरुरी रहेको बताउनु भयो । उहाँले सहकार्य हार्दिकता बिना प्रतिफल नमिल्ने बताउनु भयो ।

पर्यटनमन्त्री पाण्डेले भन्नुभयो, ‘क्यान र नेपाल एयरलाइन्सबीचको सम्बन्ध पनि कसरी हो हामीले सुधार गर्नुपर्नेछ । क्यान नियमनकारी संस्था हो, यो सेवा प्रदायक संस्था हो । तर क्यान सेवा प्रदायक संस्था पनि हो । सेवा प्रदायक संस्था पनि भएको कारणले सेवा दिने दुई संस्थाको बीचमा सहकार्य र हार्दिकता नहुने हो भने काम गर्न निकै अफ्ठ्यारो पर्छ । आगामी दिनमा थप छलफल, परिणाममुखी छलफल र प्रतिफलमुखी छलफल गरेर हामी जान्छौँ । हामी अब नेपाल एयरलाइन्सलाई नसुधारीकन विश्राम लिन्नौँ । यो बैठक अन्तिम बैठक होइन की यो बैठकबाट हामी अघि बढेर नेपाल एयरलाइन्सलाई सुधारेरै छोड्छौँ भन्ने संकल्प समितिले पनि गर्नुपर्छ, मन्त्रालयले पनि गर्छ । जसरी चलिरेहका छौँ, त्यही ठिक छ भन्ने ढंगले हुँदैन, केही न केही समस्या छ, त्यसको पहिचान गरेर सुधार गर्नुपर्छ ।’

मन्त्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको स्कोप कहिल्यै नघट्ने दाबी गर्नुभयो । वायुसेवा निगमले सेवा दिनसके यात्रुको कमी नहुने बताउनु भयो । विमानस्थल बढेसँगै एयरक्राफ्टको संख्या पनि बढेको खण्डमा वायुसेवालाई निकै सुदृढ गर्न सकिने बताउनु भयो । नेपालका कतिपय पहाडी क्षेत्रमा (कर्णाली, कोशी र गण्डकी) मा ठूलो जहाजहरु उड्ने विमानस्थल बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ १३, २०८१

११.१५°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक