fbpx

एयरलाइन्स कम्पनीहरुलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन मन्त्री पाण्डेको निर्देशन

author

समाचारपाटी

२ महिना अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरुलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।

बुधवार मन्त्रालयमा एयरलाईन्स कम्पनीका प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री पाण्डेले बिहीवार दिउँसो ४ बजेभित्र भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको हो । एयरलाइसका प्रतिनिधि र क्यानबीच भएको पाँच बुँदे सम्झौता झारो टार्ने काम गर्दै अचाक्ली भाडा लिएको भन्दै मन्त्री पाण्डेले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई सचेत गराउनु भयो । उहाँले राज्य र नागरिककाप्रति एयरलाइन्सहरु दायित्वच्युत भएर झारो टार्ने काम गरिरहेको बताउनु भयो ।  

उहाँले भन्नुभयो, ‘नागरिकमाथि निकै ठूलो ज्यादति भयो, शोषण भयो । धुर्त व्यापारिको जस्तो काम एयरलाइन्सहरुले गर्न थाले भन्ने हामीलाई अनुभुति भएको छ । राज्यलाई घास हालेजस्तो काम गर्नुभएको रहेछ तपाईहरुले । राज्य र नागरिककाप्रति एयरलाइन्सहरु दायित्वच्युत भएर झारो टारेको काम रहेछ । पछिल्लो समयमा कुनै पनि सुधारको काम देखिएन । आज जसरि तपाईहरु गैरजिम्मेवार ढंगले प्रश्तुत हुनुभएको छ । तपाईहरु आफैं पनि एकचोटि बस्न आग्रह गर्दछु । कतिपयले आफ्नो एयरलाइन्सले टिकेट मूल्य कति लिएको छ भन्ने जानकारी समेत नलिएका प्रतिनिधिहरु पनि आउनुभएको छ । विदेशका एयरलाइन्सहरुको व्यवस्थापन गर्ने भएकोले आफ्नो दानापानी पनि उतैबाट चल्ने जस्तो गैरजिम्मेवार प्रश्तुतिबाट म निकै दुःखित भएको छु । यसको समिक्षाका लागि तपाईहरु एक्लाएक्लै बस्न आगह गर्दछु ।  भोलि चार बजेसम्म समिक्षा गरेर भाडादर उपलब्ध गराउनुहोला ।’


मन्त्री पाण्डेले रन वे र ट्याक्सी वेबीच कनेक्टिङ वे बनाउनुपर्ने भएको कारण १० घण्टा त्रिभूवन विमानस्थल बन्द गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।

’न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन