fbpx

पर्यटन, हवाई र संस्कृति नीति समसामयिक बनाइनेछः मन्त्री बद्रीप्रसाद पाण्डे

author

समाचारपाटी

२ महिना अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन नीतिमा समसामयिक परिवर्तन गर्ने बताउनुभएको छ ।

संस्कृति नीति, पर्यटन नीति, र हवाई सम्बन्धि नीतिमा सामयिक परिवर्तन गर्ने कुरालाई जोड दिएर आफूले छलफललाई अघि बढाएको उहाँको भनाई थियो । मंगलवार नेपाल पर्वतारोहण संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी पर्वतारोहण क्षेत्रलाई गतिशील बनाउन पनि आफू लागि परेको जिकिर गर्नुभयो । मन्त्री पाण्डेले आगामी दिउँदे अधिवेशनमा पर्यटन क्षेत्रले कानूनी राज्यलाई स्थापित गराउने गरी कानून निर्माणको कामलाई अघि बढाउने योजना पनि सुनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब हुने हिउँदे अधिवेशनमा थुप्रै हाम्रा ऐनहरु हामीले प्रश्तुत गर्नेछौं । त्यो ऐनहरु हाम्रो संस्कृतिसँग सम्बन्धित ऐनहरु पनि हुनेछन् । पर्यटनसँग सम्बन्धित ऐनहरु पनि हुनेछन् । नागरिक उडडयनसँग सम्बन्धित ऐनहरु पनि हुनेछन् । यी ऐनहरु आएभने हामीले कानूनी राज्यलाई राम्रोसँग स्थापित गर्न सक्नेछौं । अहिले संसदको समितिमा होस् अथवा संसद भित्र होस् । हाम्रो मन्त्रालयसँग संवद्ध विभिन्न छलफलहरु हुने गरेका छन् । प्रश्नहरु उठने गरेका छ्न । ती छलफल र प्रश्नहरुलाई मैले सकारात्मक रुपमा लिएको छु । र नेपाल सरकारको मन्त्रीको नाताले त्यसकाप्रति मेरो जवाफदेहिता रहनेछ भन्ने कुराको म वचनवद्धता व्यक्त गर्न चाहन्छु । हामीले संस्कृति नीतिमा परिवर्तन गर्न खोजिरहेका छौं । पर्यटन नीतिमा सामयिक परिवर्तन गर्न खोजिरहेका छौं । हवाई नीतिमा सामयिक परिवर्तन गर्न खोजिरहेका छौं । क्यानको भुमिका नियायक निकाय र सेवा प्रदायकको भूमिकालाई भिन्न भिन्न गर्ने गरी भिन्न ऐनहरु, भिन्न संरचनाहरु र भिन्न फङसनहरु कसरी स्थापित गर्ने भन्ने कुरा ऐन अगाडि बढिसकेको छ । र मन्त्रीपरिषदको विधेयक समितिमा रहेको अवस्था छ । अरु नेपाल एयरलाईन्सलाई कसरी सुधार गर्ने र नेपालको आकाश सेफ्टी छ, सुरक्षित छ भन्ने देखाउन पनि छ ।’

मन्त्री पाण्डेले उड्डयनको क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक निकाय छुट्टाछुट्टै बनाउने गरी कानून निर्माणको कामलाई अघि बढाएको पनि दोहोर्याउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, कार्तिक १८, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन