पोखरा । ख्रीष्टमश महोत्सव – २०८० भव्य रूपमा सम्पन्न भएको छ । पोखरा, ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित महोत्सवमा पोखराभरिका चर्चबाट ख्रीष्टीयनहरूको उपस्थिति रहेको थियो ।
महोत्सव आयोजकले आपसी सद्भाव र शुभकामना बाँड्न आयोजना गरिएको बताएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता खगराज अधिकारीले शुभकामना मन्तव्य दिँदै सबै धर्मलाई सम्मान गर्नुपर्ने बताउनुभयाे । कसैले पनि अर्को धर्मलाई खलल पुर्याउन नहुने उहाँको भनाइ थियो । ‘आफ्नो धर्म मानिरहँदा कसैले अर्को धर्मलाई खलल पुर्याउनु हुँदैन । सबैले समान रूपले धर्म मान्न पाउनुपर्छ,’ उहाँले भन्नुभयाे ।
अधिकारीले नेपाल सरकार र गण्डकी प्रदेश सरकारको तर्फबाट ख्रीष्टमशको शुभकामना दिनुभएकाे थियाे । यस्तै, नयाँ गाउँ चर्चका पास्टर ग्रीश्मकेशव पराजुलीले ख्रीष्टमश सन्देश बाचन गर्नुभएकाे थियाे । पोखरेली ख्रीष्टीयन समुदायका महासचिव तथा महोत्सव संयोजक सञ्जिव थापा मगरको संयोजकत्वमा सम्पन्न कार्यक्रममा कास्की ३ का प्रतिनिधि सभा सदस्य मानबहादुर गुरुङ, गण्डी प्रदेश सभा सदस्य भीम कार्की, नन्दकला नेपाली, राजकुमारी भुजेल, गणेशमान गुरुङको उपस्थिति थियो ।
गैह्र सरकारी महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धिबहादुर थापा, नेपाल ख्रीष्टीयमन समाजका महासचिव डिल्लिराम पौडेल लगायत ख्रीष्टीयन समुदाय र शुभेच्छुकको उल्लेख्य उपस्थिति रहेको थियो ।