fbpx

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२ बाट हुने

author

समाचारपाटी

१ year अगाडि

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२,२३ र २४ गते हुने भएको छ । 
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो । प्रदर्शनी चितवन उद्योग संघको आयोजनामा, संघको केन्द्रिय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोगमा हुन लागेको हो । प्रदर्शनी चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा हुनेछ ।

निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फुड एण्ड वेभरेजेज तथा अन्य सेवामुलक उद्योगहरुको उत्पादन र सेवाका प्रदर्शनी हुनेछ । यी उद्योगहरुलाई उपयोगी हुने आधुनिक मेसिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २ सय भन्दा बढी स्टलहरु रहने आयोजकले जनाएको छ । प्रदर्शनीले नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिबारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यम बन्ने चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताउनु भयो । उहाँले प्रदर्शनी उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले प्रदर्शनीका क्रममा मेक इन नेपाल लगायतका स्वदेशी उत्पादकत्वको वृद्धि र पहुँच बिस्तारको गोष्ठी आयोजना गर्नेपनि बताउनु भयो । 

अध्यक्ष कँडेलले प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस प्रदर्शनी नेपालको औद्योगिक विकासमा सहयोग पु¥याउन कोशे ढुंगा सावित हुने बताउनु भयो । 


काठमाडौं

सोमवार, बैशाख १०, २०८१

२५.१५°

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने