काठमाडौं I नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आइतबार सम्पन्न तेह्रौँ खेलमा चितवन राइनोजले बलियो प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ।
यस जितसँगै चितवनले आफ्नो सशक्त उपस्थिति देखाएको छ भने सुदूरपश्चिमको लगातार जितको यात्रा टुङ्गिएको छ। कीर्तिपुर मैदानमा भएको खेलमा चितवनले मध्यम लक्ष्य प्रस्तुत गरेपछि सुदूरपश्चिमको फितलो ब्याटिङले टोलीलाई निराश पार्यो।
सुदूरपश्चिमले लगातार चौथो जित निकाल्न असफल भए पनि टूर्नामेन्टमा उनीहरूको प्रदर्शन उल्लेखनीय रहँदै आएको छ। चितवनले भने महत्वपूर्ण जित दर्ता गर्दै आफ्नो चुनौती बलियो बनाएको छ।