fbpx

विपिन जोशी रिहाइ पहलबारे संसदलाई जानकारी गराउन चित्रबहादुर केसीको माग

author

समाचारपाटी

१ महिना अगाडि

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपली विद्यार्थी विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोलदै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले बाहिर जोशी जीवितै रहेको सुनिने गरेपनि सरकारले औपचारिक जानकारी नदिएको बताउनु भयो । उहाँले जोशीको रिहाइको लागि सरकारले के प्रयत्न गरिरहेको छ ? भन्दै प्रश्न समेत गर्नुभयो । 
उहाले भन्नुभयो, ‘इजरायल र हमासको बीचमा जुन द्वन्द्व भयो त्यसबाट पचासौँ हजार मान्छे मरे । दुईपक्षबीच शान्ती सम्झौता भएपछि कयौं देशका गिरफ्तारीमा परेका नागरिक रिहाइ भए । तर कञ्चनपुरका विपिन जोशी को अत्तोपत्तो छैन । यसबारे सरकारले संसदलाई जानकारी गराउनु पर्दैन ? बाहिर बाहिर सुनिन्छ ,उहाँ जिउँदै हुनुहुन्छ भन्ने । सरकारले जिउँदै हुनुहुन्छ भनेर मात्र जिम्मेवारी पूरा हुन्न । सरकारले उहाँको रिहाईको लागि सरकारले के प्रयत्न गरिरहेको छ ? कस्तो संघर्ष गरिरहेको छ । यो संसदलाई जानकारी होस् ।’
७ अक्टोबर २०२३ मा इजरायल गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए । भने जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उनको अवस्था अझै अज्ञात छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...