fbpx

खाडीको पैसाले सरकार र संसद चलिरहेको छ:-चित्रबहादुर  केसी

author

समाचारपाटी

१ महिना अगाडि

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजीनित दलहरु आफ्नो घोषित नीति र सिद्धान्तअनुसार चल्न नसक्दा मुलुकको विकास हुन नसकेको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो । उहाँले अहिले दैनिक दुई हजार युवाहरु विदेश गइरहेको उल्लेख गर्दै यही हो प्रगति ? भन्दै प्रश्न गर्नुभयो ।  मुलुकलाई पुँजीवादले नाङ्गो प्रहार गरेको उहाँको भनाइ छ । उहाँले मुलुकमा भएका उद्योग तथा कलकारखानाहरु बन्द भएको तथा शिक्षा प्रणालीमा सुधार नगरिएको कारण युवा पलायन बढी रहेको बताउनु भयो । उहाँले अहिले खाडि र विकसित देशरुबाट आउने रेमिट्यान्सले सदन र सरकार चलिरहेको टिप्पणी गर्नुभयो । उहाँले जनतमा बढ्दो घृणालाई कम गर्न नसके व्यवस्था नै नरहने बताउनु भयो । अध्यक्ष केसीले काँग्रेस–एमालेको संयुक्त सरकारले गरेको सहमति कार्यान्वयन नगरेको समेत बताउनु भयो । उहाँले संविधान कार्यान्वयन गर्छु भन्नुभएको होइन, खै ? भन्दै प्रश्न गर्नुभयो । 

उहाँले भन्नुभयो,‘राजनीति गर्ने मान्छेलाई आम नागरिकले कति सम्मान गर्थे ? आज राजनीति गर्ने मान्छेहरुलाई नेपाली जनताले कसरि हेर्छन् ? के व्यवहार गर्छन ? त्यससको ख्याल गरेका छौं हामीले ? त्यसको मुल कारण के हो भने आफ्ना घोषित सिद्धान्त र नीतिअनुसार हामीे राजनीति गरेनौं । अहिले मुलुकको यर्थाथ तस्बिर के छ भन्दाखेरि दिनको पन्ध्र सयदेखि दुई हजारका दरले नयाँ पिढि बाहिर गइरहेको छ । यही हो प्रगति ? नेपालमा केही हुन्न १२ पास गरेपछि जाने अमेरका, अस्ट्रेलिया र युरोप नै हो भनेर शिक्षा दिइन्छ ? यही हो हामीले प्रगति गरेको ? यही हो हाम्रो विकास ? यो सब किनभयो भने पूँजीवादले नाङ्गो आक्रमण गर्यो यो देशमा हेर्नुस् । यहाँ भएका उद्योग र कलकारखानाहरु सबै सखाप अनि नयाँ पिढिलाई हामीले यो देशमा केही हुन्न भनेर शिक्षा दिन थाल्यौं । अनि अहिले खाडी र विकसित मुलुकबाट आएको पैसाले हामीले सांसद र सरकार चलाइरहेका छौं । प्रधानमन्त्रीले विकासको कुरा गरेको सुन्दा मलाई चाँही आश्चर्य लाग्यो । तपाईहरु त हुनुहुन्छ नि प्रधानमन्त्री । कतवटा उद्योग कतिवटा कलकारखानाहरु खोल्नुभयो ? कति नेपालीलाई रोजगारी दिनुभयो । अहिले नेपाली जनताले यति धेरै घृणा प्रकट गरेपछि रहन्छ त यो व्यवस्था ? तपाईहरुले संविधान संशोधन गर्ने भनेर सहमति गर्नुभएको थियो खै त संविधान संशोधन गरेको ? संविधान संशोधन गर्ने नै हो भने एउटा सिंह दरबारको सरकार चलाउने खुवि नभएकाले आठ ठाउँमा सरकार बनाइरहनुभएको छ । त्यो प्रदेशको औचित्य के हो मलाई बताउनुस् त । सात÷आठ वर्षको अवधिमा प्रदेशहरुले जनतालाई के दिए ?’  
उहाँले सिंहदरबारको सरकार चलाउने खुबी नभएकाले आठ ठाउँमा सरकार गठन गरेको भन्दै प्रदेशको औचित्य पुष्टि गर्न चुनौति दिनुभयो । उहाँले आठ वर्षको अवधिमा प्रदेशले जनतालाई के दिए ? भन्दै प्रश्न गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१७.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन