fbpx

बाल अधिकारको वकालत र रणनीति सिकाउन तालिम

author

समाचारपाटी

२ years अगाडि

पोखरा । कास्कीमा रहेर बालअधिकारको क्षेत्रमा काम गर्नेहरुलाई बाल अधिकारको प्रभावकारी वकालत र त्यसको रणनीति निर्माणबारे तालिम दिइएको छ । बाल हितकारी परियोजना नेपालका आयोजना, बाल अधिकार मञ्चको सहआयोजना र किडासाको सहयोगमा दुई दिनको तालिम प्रदान गरिएको हो ।

तालिममा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाका २८ जना सहभागी थिए । मानव अधिकारकर्मी एवं अधिवक्ता अच्युत आचार्यले तालिम दिनुभएकाे हाे । तालिमको शुक्रबार समापन भएको छ । सहभागीहरुले समस्यामा रहेकाको उद्दार संयन्त्र नहुँदा, अभिभावकको सम्बन्ध विच्छेद, दीर्घकालीन संरक्षण संयन्त्र नहुँदा,सरकारी कार्यालयमा कर्मचारीबीचकै द्वन्द्वलगायत कारणले प्रभावकारी काम गर्न नसकेको अनुभव राखेका थिए ।

एउटै उद्देश्य भएका संस्था मिलेर काम गर्दा प्रभावकारी हुने उनीहरुको भनाइ थियो । एसओएस बालग्रामका प्रकाश भुषालले भन्नुभयाे, ‘एक्लो भएर काम हुँदैन । हाम्रो उद्देश्य एउटै हो । त्यसमा सफल हुन संस्थागत समन्वय पनि आवश्यक छ ।

यस्ता बसाइँमा सिकेका कुरा फलदायी हुन्छन् ।’ उहाँले सरकारी निकायले पनि बालबालिकाका समस्या लिएर जाँदा समाधान गर्न सक्रियता देखाउनु पर्ने बताउनुभयाे । बाल हितकारी परियोजना नेपालका अध्यक्ष गोविन्दराज पहारीले सामाजिक विकृतिले गर्दा बालबालिका सडकसम्म आइपुगेको बताउनुभयाे । यकीन तथ्यांक नहुँदा काम गर्न
पनि समस्या भएको उहाँको भनाइ थियो । ‘सडकमा आउनुको कारण के हो ? त्यसको मुख्य कारण परिवारभित्रकै समस्या हो । बहुविवाह, गरिबी र अशिक्षाले बालबालिका सडकमा आएका छन्,’ उहाँले भन्नुभयाे, ‘हामीसँग यकीन तथ्यांक नहुँदा काम गर्न पनि समस्या छन् । तर, मानवरहित सडक बनाउने सरकारको अभियानमा हामीजस्ता संस्थाको महत्वपूर्ण भूमिका छ ।’

किडासाका नेपाल प्रतिनिधि जेरेमी साउथनले बनेका कानुुनको स्थानीय तहबाट प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयाे । ‘बालबालिकाको क्षेत्रमा बन्नुपर्ने कानुन बनेका छन् । तर, स्थानीय तहमा त्यसको कार्यान्वय आवश्यक छ,’ उहाँले भन्नुभयाे, ‘स्थानीय तहमा जनशक्ति र पूर्वाधार कम छन् । त्यसले समस्या भएको छ ।’ पोखरा महानगरपालिकाकी बाल कल्याण अधिकारी विष्णुुमाया पौडेलले बालअधिकार संरक्षणमा गैरसरकारी संस्थाको भूमिका प्रशंसायोग्य रहेको बताउनुभयाे । पर्याप्त पूर्वाधार र जनशक्ति नहुँदा सोचेजस्तो काम हुन नसकेको उहाँको भनाइ थियो ।

समापन कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद् नेपालका गण्डकी प्रदेश समन्वय अधिकृत बद्री वाग्ले, बाल हितकारी परियोजनाका उपाध्यक्ष रामचन्द्र शर्मा, सचिव दिलबहादुुर भट्टराई, कार्यकारी निर्देशक ठाकुर चापागाईंलगायतको उपस्थिति थियो । समापन समारोह सञ्चालन बाल हितकारी परियोजना नेपालको समुदायमा आधारित बाल संरक्षण परियोजना प्रमुख केशव पौडेलले गरेका थिए ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...