संसदमा सभामुखको रुलिङको बिरुद्धमा जाने छुट सांसदहरुलाई छैनः महेश बर्तौला

author

समाचारपाटी

८ महिना अगाडि

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखको रुलिङको बिरुद्धमा जाने छुट सांसदहरुलाई नरहेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (माओवादी केन्द्र) का सांसदहरुले सभामुख घिमिरेले रुलिङ गरिसक्नुभएको विषयलाई लिएर संसद अवरुद्ध गर्ने भनिरहेको भन्दै संसदमा सभामुखको रुलिङ नमान्ने अधिकार नरहेको बताउनु भयो । उहाँले नियमावलीअनुसार नियमापत्तिको निर्णय गर्ने अन्तिम अधिकार सभामुखलाई हुने भन्दै सभामुखको रुलिङ नमाने कसको मान्नुहुन्छ ? भन्दै माओवादी सांसदहरुलाई प्रश्न गर्नुभयो । उहाँले सभामुखको रुलिङ हरेक सांसदले मान्ने कर्तव्य हुने बताउनु भयो । सभामुखको रुलिङबिरुद्ध आन्दोलन गर्ने कुरा बेठिक भएको बताउनु भयो । यसले माओवादीको संसदीय प्रणालीमाथि र उसको निष्ठामाथि प्रश्न सिर्जना गरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘संसदको प्रभावकारिताका सन्दर्भमा बैठक बोलाउनु भयो । केही दिनअघि माओवादी संसदीय दलले आजबाट हाउस अवरुद्ध गर्ने निर्णय गर्नुभयो । त्यो निर्णयको कारण के थियो भने नेकपा एमालेका मान्य सांसद योगेश भट्टराईजीले माओवादीको र हिंसात्मक आन्दोलनको सन्दर्भसँग जोडेर एउटा विषय राख्नुभयो । त्यसमा माओवादीका तर्फबाट नियमापत्ति भएको थियो । त्यो नियमापत्तिको निर्णय गर्ने अन्तिम अधिकार हाम्रो नियमावली बमोजिम सम्माननीय सभामुखज्युलाई छ । सम्माननीय सभामुखज्युले आज भन्दा अघिल्लो बैठकमा उहाँले निर्णय सुनाउनु भयो । जुन शब्द असंसदीय रहेन, यो शब्द हटाइरहन परेन भन्नुभयो । उहाँहरुले सभामुखको त्यो निर्णयको बिरुद्धमा आन्दोलन गर्ने, संसदमा आन्दोलन गर्ने घोषणा गर्नुभयो । संसद अवरुद्ध गर्ने, चल्न नदिने निर्णय गर्नुभयो । यो बीचमा सभामुखज्युले समाधानका लागि पहल गर्नुभयो ।

यो महत्वपूर्ण छ । सम्माननीय सभामुखज्युले गरेको रुलिङ हेरक सांसदहरुले मान्नुपर्छ । हरेक सांसदले मान्ने कर्तव्य हुन्छ । नियमावलीले त्यो भन्छ । नियमापत्तिमाथि निर्णय गर्ने अधिकार सभामुखको हुन्छ । जुन निर्णय अन्तिम हुन्छ । जुन निर्णय सबैले मान्नुपर्छ । त्यसको खिलाफमा गएर माओवादी साथीहरुले जुन ढंगले निर्णय अस्वीकार गर्ने र निर्णय नसच्याएसम्म आन्दोलन गर्ने कुरा गर्नुभयो । यो बेठिक छ । यसले माओवादीको संसदीय प्रणालीमाथि र उसको निष्ठामाथि यसले प्रश्न सिर्जना गरेको छ । सभामुखज्युले संसदमा भनेको कुरा नमान्ने हो भने सभामा कसले भनेको कुरा मान्ने हो ? कसले गरेको रुलिङ आत्मसाथ गर्ने ? यो गम्भीर प्रश्न छ । संसदको प्रतिष्ठा जीवन्त राख्नेकुरामा नियमावलीले जे भन्छ, त्यस बमोजिम हामी सबै चलौँ ।’ प्रमुख सचेतक बर्तौलाले संसदको प्रतिष्ठा जीवन्त राख्नेकुरामा नियमावलीले भनेअनुसार चल्न माओवादी सांसदहरुसँग आग्रह गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.८१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन