fbpx

‘निजामति कर्मचारीले सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्नेछ’:- डा.वैकुण्ठ अर्याल

author

समाचारपाटी

१ year अगाडि

सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले निजामति कर्मचारी भित्रका सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।


शुक्रवार सिंहदरबारमा २० औं निजामति सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले एकात्मक ढाँचाको प्रशासन यन्त्रलाई संघीय शासन व्यवस्था अनुकुल हुनेगरी रुपान्तरण गर्न निजामति कर्मचारी भित्रका सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको  हो । उहाँले नागरिकले अपेक्षा गरेअनुरुप आफूलाई गतिशिल र प्रभावकारी बनाइ कानूनको कार्यान्वयन, नागरिकमैत्री सेवाप्रवाह, सदाचार र निष्ठासहित २१ औं शताब्दीको सार्वजिनक प्रशासनका आदर्श, मूल्यमान्यतामा आफूलाई खरो उतार्नुपर्ने चुनौति निजामति कर्मचारीसामु रहेको पनि बताउनु भयो । मुख्यसचिव अर्यालले मुलुकले अंगीकार गरेको विकास, समृद्धि र सुशासन र दीर्घकालीन लक्ष्यलाई व्यवहारमा उतार्न समग्र निजामति प्रशासन अझ बढी सिर्जनशिल र व्यवसायिक हुनुपर्ने खाँचो रहेको बताउनु भयो । उहाँले संविधान बमोजिम संघीय इकाइबीच प्रशासनिक समन्वय कायम गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त बनाउँदै नागरिकले प्रत्यक्ष अनुभुति गर्नेगरी सुशासनको प्रत्याभुति दिलाउनु निजामतिको प्रारम्भिक अभिभारा भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दै आम नागरिकलाई सरल, सहज र सुव्यवस्थित तवरले सेवा प्रदान गर्नु निजामति कर्मचारीको मुख्य जिम्मेवारी हो । आम नागरिकले अपेक्षा गरेअनुरुप आफूलाई गतिशिल र प्रभावकारी बनाइ कानूनको कार्यान्वयन, नागरिकमैत्री सेवाप्रवाह, सदाचार र निष्ठासहित २१ औं शताब्दीको सार्वजिनक प्रशासनका आदर्श, मूल्यमान्यतामा आफूलाई खरो उतार्नुपर्ने चुनौति हामीसामु छ । मुलुकले अंगीकार गरेको विकास, समृद्धि र सुशासन र दीर्घकालीन लक्ष्यलाई व्यवहारमा उतार्न समग्र निजामति प्रशासन अझ बढी सिर्जनशिल र व्यवसायिक हुनुपर्ने खाँचो छ । विविध समस्या र चुनौतिका बाबजुद एकात्मक ढाँचाको प्रशासन यन्त्रलाई संघीय शासन व्यवस्था अनुकुल हुनेगरी रुपान्तरण गर्न, कानूनी, संरचनागत र संस्थागत प्रवन्ध मात्र होइन, हामी आफैँ भित्र रहेका सोच, शैली र तौर तरिकामा आमुल सुधार गर्नुपर्ने आवश्यकता छ । संविधान बमोजिम संघीय इकाइबीच प्रशासनिक समन्वय कायम गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त बनाउँदै नागरिकले प्रत्यक्ष अनुभुति गर्नेगरी सुशासनको प्रत्याभुति दिलाउनु हाम्रो प्राथमिक अभिभारा हो ।’ 

मुख्यसचिव अर्यालले मुलुकको प्रशासन यन्त्रलाई सक्षम, गतिशिल र परिणाममुखी बनाउन निजामति सेवाभित्र रहेका समस्याको उचित समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले संघीय निजामति सेवा ऐन जारी हुन नसक्दा संघीय इकाइबीच प्रशासनिक अन्तरसम्बन्ध कायम हुन कठिन भएको बताउनु भयो । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको सेवा सुविधा तथा व्यक्ति विकासको सम्बन्धमा द्विविधा रहेको, मार्गदर्शक कानूनको अभावमा प्रादेशिक तथा स्थानीय कानून तर्जुमाको लागि आधार सिर्जना हुन नसक्दा प्रदेश र स्थानीय तहमा कर्मचारी अभावको स्थिति रहेको बताउनु भयो ।  


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक