fbpx

तथ्याङ्कीय कार्यमा संलग्न निकायहरुबीच समन्वय जरुरीः मुख्यसचिव डा. वैकुण्ठ अर्याल

author

समाचारपाटी

६ महिना अगाडि


नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले तथ्याङ्कीय कार्यमा संलग्न निकायहरुकाबीच प्रभावकारी समन्वय प्रणाली विकास गर्नुपर्ने बताउनुभएको छ ।


बिहीवार राष्ट्रिय तथ्याङ्क कार्यालयले आयोजना गरेको ‘तथ्याङ्क प्रणाली विकासका लागि राष्ट्रिय रणनीति उच्चस्तरीय सुझाव सङ्कलन गोष्ठि’ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तथ्याङ्कीय कार्यमा संघ, प्रदेश र स्थानीय सरकारका बिचमा समन्वय हुन नसकेको बताउनु भयो । उहाँले तथ्याङ्क निकाल्दा शुद्ध रुपमा निकाल्नुपर्ने भन्दै तथ्याङ्क प्रमाणिकरण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय तथ्याङ्क कार्यालयले निकालेको तथ्याङ्क र स्थानीय तहले निकालेको तथ्याङ्क आपसमा नमिलेको भन्दै यसतर्फ सम्बन्धित निकाय सचेत हुनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘संघीय, प्रादेशिक तथा स्थानीय तथ्याङ्क प्रणाली सुदृढीकरणका लागि आवश्यक पूर्वाधार तयार गर्ने भन्ने । हामीले के गर्यौँ त भन्दाखेरी त्यो तथ्याङ्क प्रणाली सुदृढ गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्ने  त्यो एउटा पाटो त हो । तर हामीले तीन तहको जुन तथ्याङ्कहरु छन्, त्यसको शुद्धता परिक्षणको कुराहरुलाई शुद्धता र प्रमाणिकरणको कुराचाहीँ मुख्य हो कि अब । अर्को, तथ्याङ्कीय कार्यमा संलग्न निकायहरुका बिच प्रभावकारी समन्वय प्रणाली विकास गर्ने । तथ्याङ्को प्रतिवेदन प्रकाशित भएको एक महिनापछि स्थानीय तहहरुले निकालेको प्रोफाइलमा डाटा फरक छ । यसतर्फ पनि ध्यान दिनुपर्छ ।’

त्यस्तै, कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले आगामी दिनमा दिगो विकास लक्ष्यसँग सम्बन्धित तथ्याङ्को उत्पादन गर्नुपर्ने बताउनु भयो । उहाँले दशौँ वर्ष अघिको तथ्याङ्क प्रयोग गरिने गरेको भन्दै तथ्याङ्कलाई वैज्ञानिक र अनुमानयोग्य पनि बनाउन सक्नुपर्ने बताउनु भयो । उहाँले प्रयोग नहुने खालको तथ्याङ्क निकालिरहनु आवश्यक नभएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

२१.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक