fbpx

बागमतीमा एमालेबाट ४ जना मन्त्री बन्दै, आजै शपथ खुवाउने तयारी

author

समाचारपाटी

८ महिना अगाडि

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज थप चार जना मन्त्री नियुक्त गर्दै हुनुहुन्छ । मन्त्रीहरूलाई आजै दिउँसो ३ बजे शपथ खुवाउने तयारी गरिएको छ ।

चारैजना मन्त्री एमालेबाट नियुक्त हुन लागेका हुन् । २५ पुसमा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिन लागेको एमाले स्रोतको भनाइ छ । थप एक जना पहिलोपटक मन्त्री बन्दैछन् ।

मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्ने तयारी गरको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये एमालेले ५ वटा मन्त्रालयको नेतृत्व लिन लागेको हो । यसअघि १७ चैतमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका थिए ।

कांग्रेसले छोडेको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य नियुक्त भइसकेका छन् ।

प्रदेश सभाको अघिल्लो कार्यकालमा पनि सांसद रहेका प्रकाश पहिलोपटक मन्त्री हुँदैछन् ।रामेश्वर श्रेष्ठ यसअघि पनि स्वास्थ्य मन्त्रालय थिए । पोख्रेल कृषि तथा पशुपन्छी विकासमन्त्री र एकालाल श्रम, रोजगार तथा यातायातमन्त्री थिए । एमाले दुई महिना सरकारमा बसेर १० चैत ०७९ मा बाहिरिएको थियो ।

onlinekhabar


काठमाडौं

शुक्रबार, मंसिर २१, २०८१

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन