पाेखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिनुभएकाे छ । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे।
आजको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनुभएकाे हाे। अधिकारीले ३१ मत प्राप्त गर्नुभएकाे छ। उहाँलाइ गठबन्धनबाट ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । अधिकारीको विपक्षमा २७ मत परेको छ।
६० सदस्यीय गण्डकी प्रदेशमा अधिकारीलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र)का आठ, राप्रपाका दुई मत प्राप्त भएको छ। स्वतन्त्र निर्वाचित राजीव गुरुङले मुख्यमन्त्री नियुक्ति गर्न समर्थन गरे पनि विश्वासको मत दिभएन्।