fbpx

मुख्यमन्त्री राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन उपाधी प्रिन्स र जेशिकालाई

author

समाचारपाटी

१ year अगाडि


इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधी पुरुष एकल तर्फ नेपाल पुलिसका प्रिन्स दाहाल र महिला एकल तर्फ एपिएफकी जेशिका गुरुङ्गले जितेका छन् । प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २३–२१, २१–१५ ले पराजित गर्दै उपाधी उचालेका हुन् । विजय बापत दाहालले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपविजेता प्रफुलले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । तेश्रो स्थानमा पुलिसका बिष्णु कटुवाल र आर्मीका रुकेश महर्जन रहे । बिष्णु र रुकेश प्रत्येकले नगद १०÷१० हजार हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरि जेशिकाले आर्मीकी अमिता गिरीलाई २१–८, २१–१५ ले पराजित गर्दै उपाधीका साथ नगद ५० हजार सहित हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । अमिताले दोश्रो भए बापत नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । तेश्रो स्थान रहेका सेनाकी रशिला महर्जन र कस्तुरी कलेजकी सिमा राजबंशीले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहालको जोडीले जित हात पार्दै उपाधी सहित नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । कटुवाल र दाहालको जोडीले आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई १९–२१, २१–१३, २१–१४ ले पराजित गर्दै उपाधी उचालेका हुन् ।

दोश्रो स्थानमा रहेको महर्जन जोडीले नगद १५ हजार र तेश्रो स्थानमा रहेका दीपक बोहरा र सुनिल जोशी तथा पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जोडी संयुक्त तेश्रो हुँदै ७ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै महिला तर्फ सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीले एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडीलाई २१–१०, २१–९ ले पराजित गरे । विजयी जोडीले नगद ३० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपविजेताले नगद १५ हजार हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । तृतीय स्थान प्राप्त गरेका झापाकी अन्जना राई र धनकुटाकी अरुणा तामाङ्ग तथा एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडी प्रत्येकले ७ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

मिक्स युगल तर्फको खेलमा आर्मीका प्रफुल महर्जन र रशिला महर्जनको जोडीले आफ्नै क्लबका पविन लिनथेप र अनुमाया राईको जोडीलाई २१–१०, २१–८ ले पराजित गर्दै उपाधीका साथ नगद ३० हजार प्राप्त गरे । उपबिजयी लिनथेप र राईको जोडीले नगद १५ हजार प्राप्त गरे । यस्तै तेश्रो स्थानमा रहेका एपिएफका क्षितीज खनाल र जेशिका गुरुङ्ग तथा पुलिसका जीवन आचार्य र निता लम्सालको जोडी प्रत्येकले नगद ७ हजार ५ सय प्राप्त गरे ।

भेट्रान ४५ बर्ष माथिको स्पर्धामा सागर फिडका भजनलाल चौधरी र श्याम लामाको जोडीले बिजय प्राप्त ग¥यो । चौधरी र लामाको जोडीले स्पोर्टस् हवका सन बहादुर साम्बा र लाक्पा शेर्पाको जोडीलाई १५–२१, २१–१८, २१–१८ ले पराजित गदै बिजय प्राप्त गरेका हुन् । तेश्रो स्थानमा ते¥हथुमका गोपाल खपाङ्गी र मदन लिम्बुको तथा दीपक आङ्गदम्बे र बिकास श्रेष्ठको जोडी रहे । बिजयी जोडीले नगद २० हजार, उपबिजयीले नगद १० हजार र तेश्रो हुने जोडी प्रत्येकले नगद ५÷५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

भेट्रान ५५ बर्ष माथिको खेलमा सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङ्गको जोडीलाई पराजित गर्दै गुहाटीका बास्तव नियोग र धादिङ्गका बिष्णु लाल श्रेष्ठको जोडीले बाजी मारे । नियोग र श्रेष्ठको जोडीले राई र तामाङ्गको जोडीलाई २१–१०, २१–१९ ले पराजित गरेका हुन् । मोरङ्गका कुमार घले र सुनरीका भोज राज रखालको जोडी तथा कास्कीका रमेश भट्टचनक र ललितपुरका दिल बहादुर कदङ्गवाको जोडी संयुक्त तेश्रो भए । बिजयी जोडीले नगद २० हजार, उपबिजयी जोडीले नगद १० हजार र तेश्रो हुने जोडीले नगद ५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

छात्र यु ११ तर्फको खेलमा एपिएफका आरुष सिमखडाले भोजपुरका तयाबुङ्ग राईलाई २१–१०, २१–१३ ले पराजित गर्दै बिजयी भए । तेश्रो स्थानमा आर्मीका दीप थिङ्ग र सप्तरीका संगम राउत रहे । छात्रा तर्फ कास्कीकी निभा राई बिजयी भईन् । भोजपुरकी रितु तामाङ्ग खुट्टामा चोट बोकी रिटायर्ड हर्ट भएपश्चात निभाले खेल जिजेकी थिईन् । पहिलो सेट ४–२१ ले गुमाएकी रितु दोश्रो सेटमा ५–११ को स्थितीमा खुट्टामा चोट बोक्न पुगि रिटायर्ड भएकी थिईन् । तेश्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी ईशिता खत्री र सुनसरीकी रिश्ता रावल रहे । बिजयीले नगद १३ हजार, उपबिजयीले नगद ७ हजार र तृतीयले नगद ३ हजार ५ सयका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यु १३ छात्र तर्फ आर्मीका रिजन मगरले एपिएफका आरुष सिमखडालाई २१–१७, २१–१२ ले पराजित गर्दै उपाधी उचाले । तेश्रो स्थानमा काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठ र तनहुका सफल भुजेल रहे । छात्रा तर्फ सेनाकी रिहाना शेरचन बिजयी भईन् । उनले पहिलो सेट आर्मीकी टिसारानी शाक्यलाई २१–१४ ले जितेकोमा दोश्रो सेट ११–३ को अवस्थमा टिशा रिटायर्ड हर्ट भए पश्चात सोतः खेल जितेकी थिईन् । तेश्रो स्थानमा आर्मीकी समृद्धि श्रेष्ठ र कास्कीकी निभा राई रहे । बिजयीले नगद १५ हजार, उपबिजयीले नगद ८ हजार र तेश्रोले नगद ४ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यु १५ छात्र तर्फ सेनाका कविर के।सी।ले एपिएफका अरुण अधिकारीलाई २१–१२, २१–१४ ले पराजित गर्दै उपाधी उचाले । तेश्रो स्थानमा सुनसरीका संगम गिरी र कैलालीका शिषिर राना रहे । छात्रा तर्फ सेनाकी टिसारानी शाक्य घाईते भएर खेल छोडे पश्चात सेनाकी रिहाना शेरचनले स्वतः प्रतियोगिता जितिन् । तेश्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी बिकिता आचार्य र कास्कीकी निभा राई रहे । बिजयीले नगद १७ हजार, उपबिजयीले नगद ९ हजार र तेश्रोले नगद ४ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेकपा एमाले १ नं. प्रदेश सभा सदस्य तथा सचेतक माननिय रेवती रमण भण्डारी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष चन्द्र शेखर लामा, सुनसरी जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष प्रतिक श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन