गण्डकीका मुख्यमन्त्री अधिकारीद्वारा मन्त्री तथा सचिवहरुलाई निर्देशनः अनावश्यक खर्च घटाउनुस्

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुमाझ प्रस्तुत भएको मन्त्रालयगत ब्रिफिङमा मुख्यमन्त्री खगराज अधिकारीले सुझाव तथा निर्देशन दिनुभएकाे छ । बिहिबार बसेको गण्डकी प्रदेशको मन्त्रीमण्डलको बैठकमा मुख्यमन्त्री अधिकारीले विविध निर्देशन दिनुभएकाे हाे ।

मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सिमित नराखि काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएकाे छ । पूँजिगत खर्च बढाउन, चालु खर्च घटाउन, अनावश्यक चालु खर्च घटाई पूँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्न समेत मुख्यमन्त्रीले निर्देशन गर्नुभएकाे छ ।

त्यसैगरि आर्थिक ऐन, नियम तथा कार्यविधिहरुको पूर्ण पालना गरी पुराना बेरुजुहरु फछ्यौट गर्न एवम् नयाँ बेरुजु हुन नदिने तर्फ विशेष पहल गर्न पनि अधिकारीले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएकाे छ र साथै प्रदेश गौरवका आयोजना सम्पन्न गराउन तदारुकताका साथ काम गर्न सबै जिम्मेवारीका साथ लाग्न उनले आग्रह गर्नुभएकाे छ ।

मुख्यमन्त्री खगराज अधिकारीले दिएको सुझाव तथा निर्देशन यस्तो छः
नेपालको संविधानको भावना अनुसार जनताको सर्वोपरिहित सम्बोधन हुनेगरी प्रदेश सरकार सञ्चालन गर्ने विषयमा गण्डकी प्रदेश सरकारले नेतृत्तदायी र उदाहरणीय काम गर्ने प्रयास गरेको छ । यसमा हामी सबै जिम्मेवाररूपमा प्रस्तुत हुन सक्नुपर्दछ ।

यस शिलशिलामा प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन छरितो संरचना बनाउने निर्णय भैसकेको छ सबै मन्त्रालय र कार्यालयले वस्तुनिष्ठ संगठन संरचना निर्माण गर्न प्रमुख सचिवको अध्यक्षतामा गठित संगठन तथा व्यवस्थापन समितिलाई सहयोग गर्नुहुन अनुरोध गर्दछु जग्गा प्राप्तिको समस्याले रोकिएका आयोजना तथा कार्यक्रमहरु के के छन् ? तीनको सम्भाव्यता छ कि छैन ? ठोस सुझाव प्रस्तुत गर्नुहुन निर्देशन गर्दछु ड्ड विकास आयोजनाहरुलाई गरिबी हटाउँदै समृद्धिको आधारको रुपमा सञ्चालन गर्न आयोजनाको प्राथमिकीकरण गरी तहगत सरकारका आयोजना र कार्यक्रमसँग दोहोरोपना नुहने गरी मात्र कार्य अगाडी बढाउन सबै मन्त्रालयलाई निर्देशन गर्दछु ।

१. सुशासन कायम गर्ने विषय भाषण र नारामा मात्रै सिमित नराखी व्यवहारमा देखिने गरी कार्य गर्न माननीय मन्त्रीहरु र सचिवहरुलाई निर्देशन गर्दछु।
२. पूँजिगत खर्च बढाउने, चालु खर्च घटाउने विषय वित्तीय सुशासन र विकासको अनिवार्य शर्त हुन् यस सवालमा अनावश्यक चालु खर्च घटाई पूँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्न समेत निर्देशन गर्दछु।
३. आर्थिक ऐन, नियम तथा कार्यविधिहरुको पूर्ण पालना गरी पुराना बेरुजुहरु फछ्यौट गर्ने एवम् नयाँ बेरुजु हुन नदिने तर्फ विशेष पहल गर्न निर्देशन गर्दछु।
४. प्रदेश गौरवका आयोजना सम्पन्न गराउन तदारुकताका साथ काम गर्ने सम्बद्ध सबै जिम्मेवार भएर लाग्नुहोला । समपूरक, ५.विशेष र वित्तिय समानीकरण अनुदानको गुणात्मकता ल्याउन समन्वय, सहअस्तित्व र सहकार्यको अवधारणालाई व्यवहारमा उतार्ने गरी ठोस कार्यक्रम र कार्ययोजना समन्वयात्मक ढंगबाट सम्पादन गर्नेगरी व्यवस्था मिलाउन निर्देशन गर्दछु।
६. सबै मन्त्रालयहरुले आवधिकरुपमा ठोस नतिजा सहितको कार्यप्रगतिको प्रतिवेदन गर्नुहुन निर्देशन गर्दछु । यहाँहरुले हिजो र आज आ -आफ्नो मन्त्रालयका गतिविधिहरु प्रस्तुती गर्नुभयो, यसको लागि यहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु र आगामी प्रस्तुती थप वस्तुनिष्ठ कार्ययोजना सहित हुन निर्देशन गर्दछु । सुधार नगरी सुखै छैन, यसैले सुधार अफैबाट शुरु गरौं । आजबाट नै गरौं ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/
काठमाडौं

बिहिबार, चैत्र ९, २०७९

११.६१°

-
Clouds

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘२०८० साललाई जातीय छुवाछुत बिरुद्धको अभियान वर्ष’ घोषणा गर्न...

‘दलितमाथि हुने अपमान र विभेद अन्त्यका लागि दृढतापूर्वक अघि...

त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारमा सरकार गम्भीर नभएका सांसद देवकोटाको...

सरकारी सेवामा करारमा कार्यरत श्रमीकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

 ‘बहाव’को कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ’:-अभिनेत्री सुरक्षा पन्त

प्रभुको निर्देशनमा गायक राजकुमार सिंहको ‘बलेको आगो-२’ म्यूजिक भिडियो...

मन्त्री किराँतीको शब्द रचना रहेको ‘पहराकी फूल’ सार्वजनिक

चेलिबेटी बेचबिखनको सन्देशसहित हरिवंश आचार्यको शब्द, संगीत र स्वर...