सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहनै दोहोरिने तयारी

author

समाचारपाटी

१0 महिना अगाडि

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसका कमलबहादुर शाहलाई बनाउने तयारी भएको छ । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आइतबार साँझ ५ बजेसम्मको समय दिनुभएकाे छ । कांग्रेसको शीर्ष तहमा भएको समझदारीअनुसार प्रदेश प्रमुखले दिएको समयभित्र शाहले मुख्यमन्त्री दाबी पेस गर्ने तयारी गर्नुभएकाे छ । कांग्रेसका एक शीर्ष नेताले दिएको जानकारीअनुसार यसअघि मुख्यमन्त्री भइसकेका शाहले लामो समय काम गर्न नपाएको भन्दै अहिले उहाँकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको हो ।

‘राजनीतिक समीकरण फेरिएपछि छोटो अवधिमै उहाँले हट्नुपरेको थियो । त्यही कारण उहाँले चाहेअनुसार काम गर्न पाउनुभएन,’ ती नेताले भन्नुभयाे, ‘अहिले उहाँकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको छ । बाँकी निर्णय प्रदेश संसदीय दलको बैठकले गर्छ ।’

सुदूरपश्चिमको मुख्यमन्त्रीको दौडमा प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा हुनुहुन्थ्याे तर उहाँहरुलाई रोक्दै पूर्वमुख्यमन्त्री समेत रहेका शाह मुख्यमन्त्रीमा दोहोरिने हुनुभएकाे हाे । पार्टी सभापति शेरबहादुर देउवाले अहिले शाहलाई मुख्यमन्त्रीमा सहयोग गर्न अन्य आकांक्षीहरुलाई निर्देशन दिनुभएकाे छ । देउवाको निर्देशनपछि उहाँका भतिजा समेत रहनुभएका प्रकाशबहादुर देउवा पनि धनगढी फर्किनुभएकाे छ ।

कांग्रेसका नेता र प्रदेश सभा सदस्यहरुले शाहलाई मुख्यमन्त्री बनाउने निर्णयमा सभापति पुगेको बताए पनि औपचारिक रुपमा धारणा दिन मान्नुभएकाे छैन् । तर, मुख्यमन्त्री शाह बन्ने पक्कापक्की भएको उहाँहरु बताउँनुहुन्छ । योसँगै कांग्रेसका शाह दोस्रोपटक सुदूरपश्चिमको पाचौं मुख्यमन्त्री बन्ने हुनुभएकाे छ । राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका शाहले १४ महिना प्रदेश सरकारको नेतृत्व गर्नुभएकाे थियाे ।

स्रोतकाअनुसार पार्टी सभापति देउवाले पूर्वभौतिक पूर्वाधार विकासमन्त्री समेत रहनुभएका भतिज प्रकाश देउवालाई मुख्यमन्त्री बनाउन खोज्नुभएकाे थियाे तर पत्नि आरजु देउवालाई परराष्ट्र मन्त्री बनाएका बेला भतिजालाई मुख्यमन्त्री बनाउँदा राम्रो सन्देश नजाने र परिवारवादको आरोप खेप्ने डरले शाहलाई नै दोहोर्‍याउन निर्देशन दिनुभएकाे हाे ।

शाहलाई मुख्यमन्त्री बनाउने वा नबनाउनेबारे औपचारिक निर्णय भने आज बिहान ११ बजे बस्ने संसदीय दलको बैठकले गर्नेछ ।


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन