धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।
प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिनुभएकाे हाे ।
शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९३० अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे ।
२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउनुभएकाे थियाे । उहाँले राजीनामा बुझाए लगत्तै शाह मुख्यमन्त्री नियुक्त हुनुभएकाे हाे ।