‘बदनीयतका साथ काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्ने’:-महामन्त्री गगन थापा

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लघुवित्तबाट ऋण लिएकाहरुको समस्या समाधानको उपाय सुझाउनुभएकाे छ ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले सबै पक्ष जिम्मेवार भएर यो समस्या समाधान गरिनुपर्ने बताउनुभयाे । यसका लागि राष्ट्र बैंकले तत्काल केही कदम चाल्नुपर्ने उहाँको भनाइ छ ।

महामन्त्री थापाले सुरुमै भन्नुभयाे, ‘अति न्युन आए भएका गरिबलाई गरिबीको आहलबाट निकाल्नको लागि काम होला भनेको कैयन लघुवित्त संस्थाको कारणले गर्दा गरिबहरु थला पर्न बाध्य भएका छन् ।’

अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्था, तत्कालको गर्जो टार्नका लागि जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहक र अनुमति दिँदै गर्दा हात फैलाउने तर परीवेक्षण गर्दै गर्दा मुठ्ठी कस्ने राष्ट्रबैंकका कारण लघुवित्तमा समस्या आएको उहाँले बताउनुभयाे ।

समस्या सँगसँगै समाधानको उपाय पनि उहाँले सुझाउनुभएकाे छ र ती सुझाव कार्यान्वयन गर्न राष्ट्र बैंकको ध्यानकर्षण पनि गराउनुभएकाे छ ।

उहाँले सुझाएका सुझाव

१ साँच्चिकै मर्कामा परेकाहरुको राहतका लागि चाहे त्यो सीएसआर फण्ड होस चाहे क्लाइन्ट प्रोडक्सन फण्ड होस् त्यो बैंक र वित्तीय संस्थाहरुसँग छ त्यो फण्डको प्रयोग गर्ने

२ बदनीयतका साथ काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्ने ।

३ एउटा ऋणीले एउटा मात्रै संस्थाबाट ऋण लिन पाउने प्रावधान थपेर राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन गर्ने ।

४ सुपरीवेक्षण गर्ने कामलाई तल्लो तहसम्म लिएर जाने

५ वित्तीय साक्षरतालाई स्थानीय सरकारसँगको साझेदारीमा तल्लो तहसम्म लिएर जाने ।


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

१८.८९°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने