fbpx

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः गगन थापा

author

समाचारपाटी

१ महिना अगाडि

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन अगाडि गठबन्धनको गर्ने व्यक्ति काँग्रेस नरहने बताउनुभएको छ । 


सोमवार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ०८४ सम्म राम्रोकाम गरेर जनतामाझ जान सक्नुपर्ने बताउनु भयो । उहाँले ०८४ को चुनावमा अगाडि आएर अब नेपाली काँग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कसैले पनि अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्नेकुराको आँट गर्न नसक्ने बताउनु भयो । त्यसो गरेको खण्डमा काँग्रेस नरहने उहाँको चेतावनी छ । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्नेबारेमा छलफल अगाडि बढाइरहेको बताउनु भयो । त्यस्तो हुनसके निर्वाचनअगाडि गठबन्धन गर्ने आँट कसैले नगर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘०८४ को चुनावमा जाने बेलासम्म राम्रो काम गरौँ । त्यो कामको श्रेय पाउने गरीकन जाने हो । ०८४ को चुनाव यति त लेखेर राख्नुहोला । कुनैबेला म एक्लै थिएँ । ०८४ को चुनावमा अगाडि आएर अब नेपाली काँग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनैपनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्नेकुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ त्यो काँग्रेस रहँदैन । हिजो यसको लागि लडेका थियौँ, सकेनौँ । नसकेको हो मैले । अब सिंगो पार्टी आयो । चुनाव अगाडि गठबन्धन गर्नु हुँदैन भन्नेमा त पार्टी आयो आयो । त्यसमाथि पनि अहिले त निर्वाचन आयोगले एउटा प्रश्तावमा छलफल गरिरहेको छ । १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने । त्यसो भएपछि कसैले निर्वाचन अगाडि गठबन्धन गर्ने आँट नै गर्दैन ।’


महामन्त्री थापाले निर्वाचनको बेलामा काँग्रेसको बिरुद्धमा जो पनि जोसँग पनि मिल्नसक्ने भन्दै संगठन बलियो बनाउनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै हावा हुण्डरी आउने जाने भएकाले कोही पनि नडराउन आग्रह गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन