fbpx

काँग्रेसमा विपीको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी विकसित भयोः महामन्त्री गगनकुमार थापा

author

समाचारपाटी

१ महिना अगाडि

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विपी (विश्वेश्वरप्रसाद कोईराला) को नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी काँग्रेसमा विकसित भइरहेको बताउनुभएको छ ।


शुक्रवार काठमाडौंमा कैलास कोईरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीभित्र नेताहरुलाई आफूलाई भन्न मन लागेको कुराहरु विपीको नाम लिएर भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले पार्टीका नेता, कार्यकर्ताहरुले विपीले यस्तो भन्नुहुन्थ्यो भन्नु छ भने अरुले भनेको सुनेको आधारमा भन्न नहुने बताउनु भयो । उहाँले रिफ्रेन्समा प्रयोग गर्न पाइने भएपनि आफैँले अध्ययन गरेर मात्रै प्रयोग गर्न आग्रह गर्नुभयो । आफूलाई भनेको कुरा विपीको नाममा भन्ने र आफू उम्किने बाटो खोज्ने गरेको आरोप लगाउनु भयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीभित्र जसलाई जे कुरा भन्नुपरेता पनि कसैलाई आफूलाई मन लागेको कुरा भन्नुपर्यो भने कहाँ गएर खोज्ने भने विपीले यस्तो भन्नुभएको थियो भन्ने । विपीले आएर मैले यस्तो भनेको होइन भन्नुहुन्न । विपीले यस्तो भनिदिएको थियो भनेर भनिदिने । त्यसो गरेपछाडि सजिलोसँग उम्किने बाटो हुने । नेपाली काँग्रेस पार्टीमा म पछिल्लो समय हेर्छु । हाम्रो पार्टीभित्र कयौँ विषयहरु छन् । मन नपर्ला, कसैलाई संघीयता मन नपर्ला, कसैलाई संविधान मन नपर्ला । कसैलाई के मन नपर्ला । यो त प्रोग्रामका कुराहरु हुन् । बढो सजिलोसँग पार्टीको बैठकमा वा यस्ता मञ्चहरुमा सबै ठाउँमा हाम्रो बीचमा वादविवाद, विमर्स हुँदै गर्दा मान्छेले यो कुरा ठिक भएन भन्दै गर्दा विपी कोईरालाले भन्नुभएको ठिक भएन भनेर भन्दिने कुरा छ । धर्मका सन्दर्भमा पनि यो कुरा बढो जोडतोडले आएको छ । विपीको पार्टी भएर विपीको बाटो छोड्ने ? भन्छन् ।’


महामन्त्री थापाले राज्यको धर्म जनतालाई न्याय दिनु भएको बताउनु भयो । उहाँले धर्मको सामाजिक पक्षलाई ग्रहण गरेर व्यवहारमा उतार्नु नै राजनीतिको काम भएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ १३, २०८१

११.१५°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक