fbpx

चीनसँगको बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौंः गगन थापा

author

समाचारपाटी

२ महिना अगाडि

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले चीनसँग विगतमा गरिएको सम्झौताहरु कार्यान्वयनमा हुनुपर्ने कुरामा जोड दिएको बताउनुभएको छ ।


महमन्त्री थापाले बीआरआई सम्झौता कार्यान्वयन अघि चीनसँग विगतमा गरिएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने आफूहरुको चाहना रहेको प्रष्टयाउनुभएको हो । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले चीनसँग सम्झौता गरिएको बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्नुअघि विगतमा भएका सहमती अनुदान सहायतामार्फत सम्पन्न हुनुपर्ने आफूहरुको अडान रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सो सम्बन्धमा एमालेसँग मतभिन्नता भएको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढन आफूहरु सक्षम रहेको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो,‘अहिले हामी बाहिर व्यापक चर्चा सुनिरहेका छौँ । केही समय पछि प्रधानमन्त्रीको चीन भ्रमण हुँदैछ । यो विषयलाई लिएर नेपाली काँग्रेस, नेकपा एमाले बीचमा व्यापक रुपमा असहमती छ, व्यापक रुपमा मतभिन्नता छ । साथीहरु हुनुहुन्छ ए ढल्यो ढल्यो भनेर लेखिदिनु हुन्छ । सरकारमा बसिरहेको मान्छेलाई पनि एक ढल्ने हो कि भन्ने लागेको पाउँछु म । तर मलाई लाग्छ–हामीले यो क्षमता राख्न सक्नुपर्छ । हामीले संविधान बनाउने क्षमता राख्न सक्यौँ भने यस्ता विषयहरुमा पनि हाम्रा कतिपय विषयहरुमा भिन्न एप्रोचहरु छन् भने पनि यसलाई साझा बनाउने क्षमता हामीले राख्नुपर्दछ । हाम्रा केही कुराहरु साझा छन् । नेपालले अर्को देशसँग कस्तो सम्बन्ध राख्ने भन्नेकुरा संविधानले नै व्यवस्था गरेको छ । हाम्रा पार्टीका नीतिहरुले हामीलाई बाँधेको छ । राष्ट्रिय हितका विषयमा हामी लामो विरासत बोकेर आएका दलहरु हौं । हाम्रा आफ्ना सीमाहरु छन । तर हामी यो पनि मान्दछौं कि हाम्रा प्राथमिकताहरु फरक हुन सक्दछन् । नेपाली काँग्रेस पार्टी नेपालको स्वतन्त्रता, नेपालको अभिभाज्ययता, नेपालको सार्वभौमिकता तमाम कुराहरुका सन्दर्भमा अन्कम्पमाईजिङ यस्तो आफ्नो स्टयाण्ड सदा रहँदै आयो । त्यसमा हामीलाई कसैले भन्नुपनि परेन । हामीले यसलाई प्रमाणित गर्नुपनि पर्दैन । हामी सबै देशसँग समान सम्बन्ध राख्न चाहन्छौं । हामी यो पनि प्रष्ट छौ–कुनै पनि देशको सैन्य गठबन्धनमा नेपालको हित छैन । त्यसकारणले कुनै पनि देशको न छिमकी न परेको । हामी नेपालमा अपार पुँजी लिएर आउन चाहन्छौँ । हाम्रो विकासका लागि हाम्रो यति धेर आकांक्षा छ कि धेरै स्रोत, साधन चाहिएको छ । हामी ल्याउन चाहन्छौँ । तर आजको हाम्रो राष्ट्रिय क्षमतासँग म्याच गर्नुपर्दछ भन्ने हामी ठान्दछौं । हामीसँग आज कति पुँजी परिचालन गर्ने क्षमता छ ? हामी सबै छिमेकीहरुसँग यो बेलामा सहकार्य गर्न चाहन्छौ । हाम्रा ठूलाठूला विकासका परियोजनाहरु छन । त्यसमा साझेदारी गर्न चाहन्छौं । हामी उनीहरुबाट अनुदानबाट हामी हाम्रा विकासका आकांक्षाहरुलाई पूरा गर्न चाहन्छौं । यी हाम्रा प्राथमिकताहरु छन् । हामी यसभन्दा अघि भएका सबै सम्झौता कार्यान्वयन हुन पहिला । त्यसपछि हामी नयाँ कुराको बारेमा सोचौं भन्ने कुराको बारेमा सोच्दछौं । हामी यो भनिरहँदै गर्दा हामीसँग सहकार्य गरेर दलसँग केही सोच फरक छन् भन्ने पनि मान्दछौं । हामीले त्यो क्षमता राख्नुपर्दछ कि हामीसँगै बसेर एउटा धारणा बनाउनुपर्दछ भन्ने मान्दछौं । यो आगामी दिनमा हुँदै जाने छलफलहरु हो । यो एउटा पाटो हो, हामी गर्छौ । यो हामी सम्हाल्छौं ।’ 


महामन्त्री थापाले सो परियोजनालाई अघि बढाउने विषयमा एमालेसँग साझा धारणा बढाएर अघि बढ्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन