fbpx

‘नेताहरुले स्व. ढुंगानाबाट निष्ठाको पाठ सिक्न जरुरी छ’:-महामन्त्री गगन थापा

author

समाचारपाटी

२ महिना अगाडि

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक राजनीतिक नेताहरुले पूर्वसभामुख स्व.दमननाथ ढुंगानाबाट निष्ठाको पाठ सिक्न जरुरी रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंको नयाँ गौचरणमा राखिएको ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका महामन्त्री थापाले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । उहाँले आफ्नो पार्टीबाट सभामुख भएपछि पार्टीप्रति झुकाव राख्नुपर्ने आफूहरुको ठानेको भएपनि उहाँले त्यस्तो नगरि निष्ठाको राजनीति गर्नुभएको बताउनु भयो । नेपालका हरेक संघ र संस्थामा राजनीतिक मान्छेहरु जोडिएको कारण विकास हुन नसकेको उल्लेख गर्नुहुँदै उहाँले जुन दलबाट भएपनि संस्थाको नेतृत्वमा पुगेपछि शतप्रतिशत इमान्दारिता देखाउनुपर्ने कुरा स्व.ढुंगानाबाट सिक्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा उहाँले नेपालमा शान्ती स्थापना गर्ने कुरामा गरेको योगदान सम्झन्छु । अझ त्योभन्दा पनि महत्वपुर्ण कुरा के भने उहाँले संसदको सभामुख भइसकेपछि उहाँले हाम्रो पार्टीको सदस्यता त्यागेर सभामुखको आसनमा बस्नुभयो । र उहाँले संसद्मा सभामुखको भुमिका निर्वाह गर्नुभयो । हामीले त्यो कुरा बुझेनौं । हाम्रो पार्टीबाट सभामुख हुनुभएका व्याक्तिको हामीप्रति अलि बढी झुकाव हुनुपर्दछ भन्ने हामीले ठान्यौं । उहाँको भुमिकालाई हामीले जसरि बुझ्नुपथ्र्यो त्यसरि बुझ्न चुक्यौं । नेपालमा संस्थाको किन विकास हुन सकेन भने त्यो संस्थाको नेतृत्वमा कुनै न कुनै राजनीतिक दलहरुमा जोडिएको मान्छे नै पुग्ने हो । आखिर गैरदलीय जाओस् कि दलीय छान्ने दलीय मान्छेले नै हो । जुनसुकै राजनीतिक दलमा भएपनि संस्थाको नेतृत्वमा पुगिसके पछाडि उसको शतप्रतिशत इमान्दारिता हुनुपर्दछ । दमननाथ ढुंगानाले यो कुुरा शुरुवात गर्नुभएको हो । तर त्यो बेला हामी कसैले यो कुरा बुझ्दै बुझेनौं । त्यो कुरा नबुझेको आजसम्म पनि हामी सबै मूल्य चुकाइरहेका छौं । सबै संस्थाहरु एकपछि अर्को धराशायी किन बनिरहेको छ भने मान्छे खराब भएर होइन । त्यो संस्थाथाप्रति न्याय गर्न नसकेर हो ।’
उहाँले उदार प्रजातन्त्रमा विश्वास गर्ने मान्छेले उहाँबाट निष्ठा सिक्न जरुरी रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक