fbpx

‘एकपटक सरकारमा नजाँदैमा कांग्रेस बर्बाद भयो भन्ने सोच्नु ठिक होइन, संगठन सुदृढ र सबल बनाउनेअवसर पनि हो’:-गगन थापा

author

समाचारपाटी

२ years अगाडि

बारा। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेका नेताले खल्तीबाट निकालेको पात्रलाई राष्ट्रपति बनाइए संविधान र लोकतन्त्र दुर्घटनामा पर्ने निश्चित रहेको बताउनुभएकाे छ । बाराको कलैयामा शनिबार आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले यस्तो बताउनुभएकाे हाे ।

थापाले आगामी राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै भन्नुभयाे, 'एमालेका कोही नेताले खल्तीबाट निकालेको पात्रलाई यदि राष्ट्रपति बनाइयो भने संविधानका साथै लोकतन्त्र पनि दुर्घटनामा पर्ने निश्चित छ ।'

एमालेका नेताको खल्तिबाट निकालिएका पात्रलाई राष्ट्रपति बनाएमा त्यो राष्ट्रपति संवैधानिक राष्ट्रपति नभइ संविधानको परिकल्पना विपरित कार्यकारी राष्ट्रपति बन्ने खतरा रहेको थापाले बताउनुभयाे। उहाँले भन्नुभयाे, ''त्यही भएर मैले प्रधानमन्त्रीलाई भेटेरै भनेको छु एमालेका नेताले खल्तीबाट निकालिएका पात्रलाई राष्ट्रपति बनाइयो भने अहिलेको संवैधानिक अभ्यासलाई डुबाउने छ। किनकि विगतको अभ्यासले यसलाई पुष्टि नै गरिसकेको छ। त्यसकारण विगतको त्यो नियती दोहोर्याउने काम कदापि नगर्नु होला ।''

थापाले देशमा अहिले राष्ट्रपतिको माध्यमबाट समानान्तर सरकार बनाउने प्रपञ्च भइरहेको पनि बताउनुभयाे। त्यसलाई विफल पार्न कांग्रेस उभिएको पनि उहाँले प्रष्ट पार्नुभयाे ।

कांग्रेस एक पटक सरकारमा नजाँदैमा सबै बर्बाद भयो , पार्टी नै सक्कियो भन्ने जुन धारणा पार्टी भित्र बनाइँदै छ त्यो गलत भएको महामन्त्री थापाले बताउनुभयाे । उहाँले भन्नुभयाे, ''एकपटक सरकारमा नजाँदैमा कांग्रेस बर्बाद भयो भन्ने सोच्नु ठिक होइन, यो कांग्रेसको संगठन सुदृढ र सबल बनाउनेअवसर पनि हो हाम्रा लागि । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सकेलगत्तै आफूहरु हरेक वडा , पालिका र जिल्लामा पुग्ने, संगठनलाई सबल बनाउन तिर लाग्ने उहाँले बताउनुभयाे ।

अहिलेको शासन व्यवस्थाको प्रणाली उत्कृष्ट भए पनि यसमा भित्रिएका विकृतिका कारण जनतामा निराशा रहेको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ''आम जनतामा चरम निराशा र असन्तुष्टि छ। त्यो कुनै पनि बखत विस्फोट हुन सक्छ। यसले कसलाई कहाँ पुर्‍याउनेछ त्यो भन्न सकिन्नँ।'' उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले अहिलेको सरकार सञ्चारमैत्री नभएको आरोप लगा । उहाँले भन्नुभयाे, ''सरकार सुचनाको हकलाई नै कुण्ठित गर्ने प्रयासमा छ, त्यसका विरुद्ध प्रेस युनियन सडक आन्दोलनमा उत्रिने तयारी गरिरहेको छ।''


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन