सरकारले दिएका तालिमले अहिलेसम्म सार्थकता पाउन सकेनः बहादुर सिंह लामा

author

समाचारपाटी

१ महिना अगाडि

वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारले विभिन्न समयमा दिइरहेको तालिमले अहिलेसम्म सार्थकता पाउन नसकेको बताउनुभएको छ । 


काठमाडौं महानगरपालिकाद्वारा आयोजित सीप मेला २०८२ को अवलोकनका क्रममा मुख्यमन्त्री लामाले सीप सिकेकाहरुलाई प्रमाणपत्र दिने र उनीहरु कहाँ के गर्दैछन् भनेर डाटा राख्नुपर्ने बताउनुभएको हो । उहाँले संख्या तोकेरै तालिम दिइयो भने पनि सिष्टम नबनाइँदा तालिम प्राप्त जनशक्ति कहाँ छन् र के गरिरहेका छन् भन्ने थाहा पाउन नसकिने अवस्था रहेको स्पष्ट पार्नुभयो । सीटीइभीटीको अवधारणाअनुसार तालिम लिएकाहरुलाई प्रमाणपत्र दिने, तालिम प्राप्त व्यक्तिहरु कहाँ कहाँ छन् भन्ने जानकारी राख्नका लागि डाटा राख्नुपर्ने उहाँको भनाइ थियो । मुख्यमन्त्री लामाले सिष्टम नहुँदा तालिमप्राप्त व्यक्तिका बारेमा जानकारी नभएपनि तालिम लिएकाहरु पनि उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘पहिला पहिला मन्त्रालय÷मन्त्रालयले तालिम दिने गरेको थियो । तालिमहरु त दियो तर सिलाइ बुनाइको मात्र सुनेको थिएँ । अहिले पनि सिलाइ बुनाइको तालिम हुन्छ । तर, त्यो तालिम सरकारले धेरै देखिएको छ । सरकारले दिएको तालिमले अहिलेसम्म सार्थकता पाएको छैन । जुन अहिले सिटिइभीटीको अवधारणा प्रमाणपत्र पनि दिने, उसले तालिम दिएका मानिसहरु कहाँ कहाँ छन् भनेर डाटा राख्नुपर्यो । तर मैले यति जनालाई सीप तालिम दिएँ भनेर भनिएको छ तर त्यो मानिस कहाँ छन् भनेर मैले मागिरहेको छु ।  यसले गर्दा तालिम दिइसकेपछि तालिम प्राप्त गर्नेहरु कहाँ कहाँ छन् भनेर थाहा पाउन डाटा राख्नुपर्यो । यहाँबाट सीप सिकेको भनेर तालिम लिनेहरुपनि उत्तरदायि बन्नुपर्छ । भ्रष्टाचार भयो भनेर धेरै समाचारहरु आउँछन् तर नियन्त्रण विधि भने कसैले भन्दैन । भ्रष्टाचार नियन्त्रण गर्ने विधि भनेको पर्सनल डाटा राख्ने गर्नुपर्छ । जस्तो कि तपाईको पुलिस रिकर्ड, तपाईले गरेको व्यवसायको नाफालगायतलाई सिष्टममा डाटा राख्ने कार्य गर्नुपर्छ । राज्य र सरकारले थाहा पाउनेगरी डाटा सिष्टम बनाउने हो भने भ्रष्टाचारपनि नियन्त्रण गर्न सकिन्छ ।’

उहाँले राज्य र सरकारलाई जानकारी हुनेगरी व्यक्तिगत डाटा सिष्टमको विकास गर्ने हो भने भ्रष्टाचार पनि नियन्त्रण गर्न सकिने दावी गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२१.३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन