डिजिटल प्रविधिका कारण रोजगारीको संख्या गुम्योः मुख्यमन्त्री बहादुरसिंह लामा

author

समाचारपाटी

१ महिना अगाडि

वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले रोजगारी सिर्जनाका लागि उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित वागमती प्रदेश हस्तकला सङ्घको पाँचौँ वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बहुउद्देश्यीय उद्योगमार्फत एउटै उद्योगबाट हजारौँलाई रोजगारी सिर्जना गर्न सकिने भएकाले उद्योग ग्राम स्थापना गर्नुपर्नेमा बताउनु भयो ।  उहाँले सरकारी कार्यालयहरुमा डिजिटल प्रविधिमा काम गर्दा धेरैले गर्ने काम एउटै व्यक्तिले गर्न सकिने भएकाले रोजगारीको संख्या घटेको बताउनु भयो । काठमाडौं उपत्यकामा विभिन्न संस्कार र संस्कृतिसँग जोडिएर सञ्चालित उद्योगहरुले रोजगारी सिर्जना गरेको उहाँको भनाइ छ । उहाँले पुरातन तरिकाबाट पारिबारिक रुपमा सञ्चालित उद्योगको पुस्तान्तरण समस्या देखिएको बताउनु भयो । उहाँले हातबाट बनेका संस्कार र संस्कृतिसँग जोडिएकाले महँगो भएपनि प्रयोग गर्ने चलन भएकाले यस्ता उद्योगहरुले राम्रो अवसर पाएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उद्योगबिना रोजगारी सिर्जना हुँदैन । सरकारको रोजगारी भनेको कस्तो हुन्छ भने पहिला पहिला धेरै कर्मचारीहरु आवश्यकता पथ्र्यो । सहयोगीदेखि खरिदार बैदार आदिको आवश्यक पथ्र्यो र एउटा अधिकृतले सही गर्नुपथ्र्यो । अब प्रविधिको जमानामा एउटै अधिकृतले सबै काम गर्नसक्छ, सात जनाको काम एकै जनाले गर्नसक्छ र रोजगारी घट्छ । त्यसैले रोजगारी सिर्जना हुने ठाउँ भनेको उद्योग हो । उद्योगलाई अवसर दिन नसक्दा रोजगारी सिर्जन हुन सकेन । उपत्यकामा एउटै  परिवारले जुन किसिमका कलाहरु संस्कृतिसँग जोडिएका बाउबाजेले जसरी गर्दै आयो छोरा नातिले पनि त्यसरी नै गर्दै आएर बचेको हो । तर अहिले पुस्तान्तरण गर्न गाह्रो परिरहेको छ । काठमाडौं उपत्यकाको भक्तपुर र पाटनमा हस्तकलाको बढी प्राथमिकता छ । हातले बनेका चिजहरु धेरै महँगो र त्यो लगाउने चलन छ । विदेशीहरुले हस्तकलाको उद्योगलाई प्रिभिलेज दिएको छ ।’


मुख्यमन्त्री लामाले भारतलगायत विभिन्न देशमा एउटै उद्योगबाट लाखौँको संख्यामा रोजगारी सिर्जना गरेको बताउनु भयो । उहाँले नेपालको बजेटमा धेरै कार्यक्रम समावेश गर्दा समस्या देखिएको बताउनु भयो । उहाँले सञ्चालित उद्योगलाई सरकारले अवसर प्रदान गर्नुपर्ने तथा उद्यमीले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१८.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’