fbpx

‘विकास निर्माणमा तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता हुदैन’:-प्रमुख लिलाधर पौडेल

author

समाचारपाटी

४ हप्ता अगाडि

पाेखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले विकास निर्माणमा तोकिएको समय र गुणस्तरमा
कुनै सम्झौता नहुने बताउनु भएको छ । कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउ सिक्लेसमा शुरु भएको संस्कृतिक ग्राम पर्यटन पूर्वाधार निर्माण योजनाको स्थलगत अध्ययन अवलोकनका क्रममा उहाँले सम्झौता अनुसार निर्माण व्यवसायीले काम गर्नु पर्ने आवश्यकता औल्याउनुभयो ।

विकास निर्माणमा डिला सुस्ति र गुणस्तर नहुना जनतामा नैरास्यता पैदा हुदै गएको बताउँदै उहाँले योजना सम्पन्न गर्न तीनै
तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने बताउनुभयो । संस्कृतिक ग्रामको योजनाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण
सहयोग पुग्ने प्रमुख पौडेलको भनाई थियो ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पर्यटन पुर्वाधार एवम् पर्यटन उपज विकास साझेदारी कार्यक्रम
अन्तर्गत कूल तीन करोड सात लाख ८३ हजार १८५ को लागतमा मुक्तिनाथ प्राकृतिक जेभीले निर्माणको जिम्मा लिएको हो ।
नेपाल सरकारको ७० प्रतिशत र मादी गाउँपालिकाको ३० प्रतिशतको साझेदारीमा निर्माण गरिने संस्कृतिक ग्राम अन्तर्गत ६४
वटा सिसि टिभि जडान, नमुन घर, पुरै गाउँलाई समेटेर विद्युत लाईन विस्तार, नयाँ सिडी बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको वडा अध्यक्ष देवीजंङ्ग गुरुङले जानकारी दिनुभयो ।

सम्झौता अनुसार ५०० मध्ये २४० विद्युतपोल प्रयोग भएको छ भने नयाँ सिडी बाटोको काम करिव सम्पन्न हुने अवस्थामा पुगे पनि स्थानीय कच्चा पदार्थ प्रयोग गरेर स्तरोन्नती गरिने सिडी बाटो,डष्विन, सुचना बोर्ड राख्ने काम नभएको उहाँको भनाई छ ।
आगन्तुक पाहुना एवम् स्थानीय व्यवसायिको सुरक्षाका लागि गाउँभरी सिसि टिभि जडान गरिएका छन्, वडा कार्यालयमा राखिएको मनिटरमा सवै गतिविधि रेकर्ड गर्ने हुँदा सुरक्षामा सुविधा पुगेको बताउँदै उहाँले भन्नुभयो,संस्कृति ग्राम योजना सम्पन्न
भएसंगै आन्तरिक एवम् बाह्रय पर्यटकको आकर्षण बढने विश्वास छ ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा उपप्रमुख सरिता कुमाल, समन्वय अधिकारी नवराज बराल, प्राविधिक, पत्रकार सहितको स्थलगत अनुगमनमा पुगेको टोलीलाई गाउँपालिकाका सवइन्जिनियर राजु ढकालले योजना अन्तर्गत भए गरेको गतिविधिबारे जानकारी गराउनुभएको थियो । निर्माण व्यवसायि ओम गौचनका अनुसार डिपिआर अनुसारको काम गर्न अप्ठेरो परेको बताउनुभयो । लोकल ढुङ्गा प्रयोग गरेर पदमार्गको स्तरोन्नती गर्ने भएपनि उक्त स्थानमा उपयुक्त ढुङ्गा नरहेको सम्झौतामा ५०० विद्युत पोल रहेपनि २४० वटा पोलले पुरै गाउलाई पुगेको उहाँको भनाई छ ।

शुरुमा नापजाँच हुँदा करिव ४० प्रतिशत काम सम्पन्न भई केही रकम भुक्तानी समेत लिएको बताउँदै उहाँले भन्नुभयो,
पछिल्लो समय निर्माण कार्य अन्तिम चरणमा पुगे छ दावी गर्नुभयो। पछिल्लो समय सिक्लेस कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ । संस्कृतिक ग्राम योजना सम्पन्न भएसंगै थप आकर्षण बढ्ने विश्वासछ ।

गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको यो मनोरम गाउँ
अन्नपूर्ण दोश्रो र लमजुङ लगायतका हिमश्रृखलाको काँखमा अवस्थित छ ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

१८.५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन