fbpx

फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैनः प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ

author

समाचारपाटी

८ महिना अगाडि

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न नसक्ने बताउनुभएको छ । 
शुक्रवार फौजदारी न्यायको वर्तमान अवस्था, समस्या, चुनौति र समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फौजदारी न्याय मुलुकको न्याय प्रणालीको आधार स्तम्भ भएको बताउनु भयो । उहाँले समाजमा शान्ति र सुव्यवस्था कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभुति दिनु राज्यको प्रमुख दायित्व भएको पनि बताउनु भयो । उहाँले यसका लागि फौजदारी न्याय प्रणाली र फौजदारी न्याय प्रशासन चुस्त, दुरुस्त, प्रभावकारी एवं गुणस्तरीय हुनुपर्ने अपरिहार्य रहने बताउनु भयो । उहाँले फौजदारी न्यायको अवस्था वा स्तरले मुलुकको समग्र न्याय प्रणालीको दृष्टिकोण निर्माण गर्ने बताउनु भयो । उहाँले फौजदारी न्याय प्रणाली विभिन्न निकायहरुको विनियोजन मात्रै नभइ सिद्धान्त, पद्धति र मूल्यमान्यताको संयोजन पनि भएको दाबी गर्नुभयो । उहाँले फौजदारी न्यायका महत्वपूर्ण स्तम्भका रुपमा कानून कार्यान्वयन, न्याय निरुपण तथा सुधार र पुनःस्थापनासँग सम्बन्धित निकायहरु रहने र ति निकायहरुको क्रियाशिलता, प्रभावकारीता र आपसी सहयोग तथा समन्वयबाट नै फौजदारी न्याय प्रणाली जीवन्त बन्ने बताउनु भयो । प्रधानन्यायाधीश श्रेष्ठले फौजदारी न्याय प्रशासनका महत्वपूर्ण आयामहरु अनुसन्धान, अभियोजन, प्रतिरक्षा तथा न्याय निरुपणसँग सम्बन्धित निकायहरुको कार्यगत सम्बन्ध, आपसी समन्वय र सहकार्य बिना सुदृढ र सक्षम न्यायको गन्तव्य भेट्टाउन सकिने बताउनु भयो  । 
उहाँले भन्नुभयो, ‘फौजदारी न्याय मुलुकको न्याय प्रणालीको आधार स्तम्भ हो । फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन । समाजमा शान्ति र सुव्यवस्था कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभुति दिनु राज्यको प्रमुख दायित्व हो । यसका लागि फौजदारी न्याय प्रणाली र फौजदारी न्याय प्रशासन चुस्त, दुरुस्त, प्रभावकारी एवं गुणस्तरीय हुनुपर्ने अपरिहार्य रहन्छ । फौजदारी न्यायको अवस्था वा स्तरले मुलुकको समग्र न्याय प्रणालीको दृष्टिकोण निर्माण गर्दछ । त्यसैले फौजदारी न्यायको स्तरोन्नतिका लागि यस किसिमका छलफल वा परामर्श हुनु उपयुक्त र सान्दर्भिक हुन्छ । फौजदारी न्याय प्रणालीका विभिन्न पक्ष वा अवयवहरु हुन्छन् । ति पक्षहरुको समग्र र तिनीहरु बीचको अन्तरसम्बन्धबाट नै फौजदारी न्याय प्रणालीले स्वरुप प्राप्त गर्ने हो । तथापि फौजदारी न्याय प्रणाली विभिन्न निकायहरुको विनियोजन मात्रै होइन । यो सिद्धान्त, पद्धति र मूल्यमान्यताको संयोजन पनि हो । फौजदारी न्यायका महत्वपूर्ण स्तम्भका रुपमा कानून कार्यान्वयन, न्याय निरुपण तथा सुधार र पुनःस्थापनासँग सम्बन्धित निकायहरु रहन्छन् । ति निकायहरुको क्रियाशिलता, प्रभावकारीता र आपसी सहयोग तथा समन्वयबाट नै फौजदारी न्याय प्रणाली जीवन्त बन्दछ । फौजदारी न्याय प्रशासनका महत्वपूर्ण आयामहरु अनुसन्धान, अभियोजन, प्रतिरक्षा तथा न्याय निरुपणसँग सम्बन्धित निकायहरुको कार्यगत सम्बन्ध, आपसी समन्वय र सहकार्य बिना सुदृढ र सक्षम न्यायको गन्तव्य भेट्टाउन सकिँदैन ।’ 

फौजदारी न्याय प्रणाली र प्रशासनको क्षेत्रमा पनि सुधारको आवश्यकता रहेको बताउनु भयो । उहाँले अनुसन्धान र अभियोजन फौजदारी न्याय प्रणालीका आधारशिला भएकाले वैज्ञानिक अनुसन्धान र वस्तुनिष्ठ अभियोजनले नै फौजदारी न्यायलाई सही गन्तव्य प्रदान गर्ने बताउनु भयो । सर्वोच्च अदालतले फौजदारी न्याय प्रणालीको सुदृढिकरणको लागि महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन