fbpx

‘न्यायपालिकालाई नागरिकको भरोसाको केन्द्र बनाउन कानून व्यवसायीहरुको भुमिका सर्वोपरी हुन्छ’:- प्रधानन्यायाधीश श्रेष्ठ

author

समाचारपाटी

१0 महिना अगाडि

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई आम नागरिकको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न कानून व्यवसायीहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सर्वोच्च अदालत बार एशोसिएशन नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानन्यायाधीश श्रेष्ठले संविधान र आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा भनेको स्वच्छ, निष्पक्ष, छिटोछरितो, गु्णस्तरीय एवं प्रभावकारी न्याय सम्पादन नै भएको उल्लेख गर्दै भरोसायोग्य न्याय प्रणालीको स्थापनाका लागि सम्बन्धित पक्षले गम्भिर ढंगले आत्मसमिक्षा गर्न सक्नुपर्ने पनि बताउनु भयो । उहाँले स्वतन्त्र, निष्पक्ष, सक्षम र जन आस्थामा आधारित न्यायपालिकाविना कानून व्यवसायीको प्रवद्र्धन हुन नसक्ने र सवल, सक्षम र सुदृढ कानून व्यवसायीहरुबिना सक्षम र प्रभावकारी न्यायपालिकाको परिकल्पना गर्न नसकिने सत्यलाई आत्मासात गरेर अघि बढ्न पनि कानून व्यवसायीहरुलाई आग्रह गर्नुभयो । प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई उँचो बनाएर मात्रै न्यायपालिका र कानून व्यवसायीहरु पनि विश्वासिलो बन्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘न्यायपालिकालाई आम नागरिकलाई भरोसाको केन्द्रको रुपमा स्थापित गर्न बार एशोसिएशन तथा कानून व्यवसायीहरुको भुमिका सदैव महत्वपूर्ण, आवश्यक र सर्वोपरी हुन्छ भन्ने मेरो मान्यता रहेको छ । संविधान र आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा भनेको स्वच्छ, निष्पक्ष, छिटोछरितो, गु्णस्तरीय एवं प्रभावकारी न्याय सम्पादन नै हो । सुशासन, जवाफदेहिता र उत्तरदायित्वलगायत न्यायिक मूल्य, मान्यताको जगेर्ना र त्यसलाई अनुभुतिको तहसम्म पुर्याउने कार्य त्यत्तिकै चुनौतिपूर्ण विषय हो भन्ने मलाई लाग्दछ । विशेषगरी आम नागरिकहरु विश्वस्त हुने किसिमको वातावरणको निर्माण एवं ठोस र नतिजामूलक कार्य सम्पादन अहिलेको प्रमुख आवश्यकता हो । न्यायपालिकाप्रतिको आकांक्षाहरुको डिमाण्ड तथा भरोसायोग्य न्याय प्रणालीको स्थापनाका लागि हामीले गम्भिर ढंगले आत्मसमिक्षा गर्न सक्नुपर्दछ । त्यसै भित्रबाट न्यायिक सुधारका अन्तर्य र अन्तरवस्तुको पहिचान गर्न सकिएमात्र सही गन्तव्य भेटिन्छ जस्तो मलाई लाग्दछ । अदालत र कानून व्यवसाय अन्तरसम्बन्धित परिपूरक र अनुन्याश्रित पक्षहरु हुन् । स्वतन्त्र, निष्पक्ष, सक्षम र जन आस्थामा आधारित न्यायपालिकाविना कानून व्यवसायीको प्रवद्र्धन हुन सक्दैन । त्यसैगरी सवल, सक्षम र सुदृढ कानुन व्यवसायीहरु बिना सक्षम र प्रभावकारी न्यायपालिकाको परिकल्पना गर्न सकिदैन । हामी सबैले यो शास्वत सत्यलाई आत्मासात गर्न सक्नुपर्दछ । हाम्रा भूमिका र जिम्मेवारीहरु फरक छन् । तर लक्ष्य एउटै हो । त्यो हो न्यायको सुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभुति । यस प्रकारको अन्तरसम्बन्धिको जति गहिरो मापन गर्नसक्दछौं, आपसी सम्बन्ध र सहकार्यको क्षितिज पनि त्यत्तिकै फराकिलो बन्दै जान्छ भन्ने मलाई लाग्दछ । न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई उचो नबनाएसम्म हामी विश्वासिलो बन्न सक्दैनौं । न्याय पालिकालाईं विश्वास प्राप्त संस्थाको रुपमा स्थापित गर्ने चुनौति संसारमा सबैतिर छ । ’ प्र्र्रधानन्यायाधीश श्रेष्ठले जनआस्था अनुसार न्यायपालिका चल्नुपर्नेमा आफूहरुले जोड दिएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

११.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक