fbpx

असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भएको गुनासो छः प्रधानन्यायाधीश प्रकाशमान राउत

author

समाचारपाटी

२ हप्ता अगाडि

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भएको गुनासो आएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भयो भन्ने व्याप्त गुनासो आएकाले गुनासोहरु मेट्न वरिष्ठ अधिवक्ताहरुले संकल्प गर्नुपर्ने बताउनु भयो । उहाँले इच्छा र संकल्प लिएको खण्डमा असम्भव केही नरहेको बताउनु भयो । उहाँले अधिवक्ताहरु पथप्रदर्शक हुनुपर्ने पनि बताउनु भयो । उहाँले केही समय आफूले जानेका ज्ञान, क्षमता र समय असहाय, विपन्न र कमजोरका लागि छुट्याउन आग्रह गर्नुभयो । उहाँले आम नागरिकहरुबाट पाएको आशिर्वाद वरिष्ठ अधिवक्ताको उपाधि भन्दा ठूलो हुने बताउनु भयो । 

प्रधानन्यायाधीश राउतले भन्नुभयो, ‘वरिष्ठहरुलाई मैले भन्नुपर्ने र मेरो अपेक्षा रहेको कुरा के छ भने असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भयो भन्ने व्याप्त गुनासो छ । न्यायसँग एक्सेस नै हुन सकेन भन्ने जनगुनासो छ । यस्तो गुनासोहरुलाई मेट्न, हटाउन तपाईंहरुले संकल्प गर्नुभयो र इच्छा गर्नुभयो भने त्यो असम्भव छैन । तपाईंहरु इण्डिसिएटर हुनुस् । तपाईंहरु पथप्रदर्शक हुनुपर्छ । तपाईंहरु समाजका कुरा बुझेका, जानेका र व्यहोरेका अगुवा पनि हो । तपाईंहरु प्रवुद्ध त हुँदै हो, वकालत त वरिष्ठज्युहरुले जिन्दगीभर गर्नुहोला नि त्यो गर्न पाइन्छ । तर अलिअलि समय, अलिहलि ज्ञान, क्षमता असहाय, विपन्न र कमजोरका लागि छुट्याइदिनुस् न । म तपाईंहरुलाई नम्रतापूर्वक अनुरोध गर्दछु । मैले यसै भनेको छैन, यसले मान्छेहरुबाट तपाईंहरुले ब्लेसिङ पाउनु हुन्छ, त्यो भनेको त्यो तपाईंहरुको उपाधि भन्दा ठूलो कुरा हो । त्यस्तो पवित्र कुरालाई यो एउटा अवसरको रुपमा उपयोग गर्नुपर्छ ।’


प्रधानन्यायाधीश राउतले बदलिँदो परिवेश र समयमा सर्वोच्चको पाँचौँ पञ्चवर्षीय योजनाले ५० प्रतिशत मिलापत्र गर्ने महत्वकांक्षी उद्देश्य लिएको र वरिष्ठ अधिवक्ताहरुले मद्दत गरे उद्देश्य पूरा हुने दाबी गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू