fbpx

‘अहिलेको न्यायपालिका पारदर्शी छ’:- प्रधानन्यायाधीश प्रकाशमान राउत

author

समाचारपाटी

१ महिना अगाडि

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अहिलेको न्यायपालिका पारदर्शी रहेको बताउनुभएको छ । बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अहिलेको न्यायपालिका ट्रान्सपरेन्स रहेको भन्दै पारदर्शी नभएको कुरा कसैले भने आफ्नो गम्भीर आपत्ति हुने बताउनु भयो । उहाँले अहिले खुला अदालतको रुपमा सुनुवाई भइरहेको बताउनु भयो । उहाँले अदालतप्रति अहिले कसैले पनि संशय गर्ने ठाउँ नरहेको जिकिर गर्नुभयो । उहाँले निष्पक्षता न्यायपालिकाको प्राण भएको उल्लेख गर्दै त्यसको अधिकतम र प्रचुर प्रयोग गर्नुपर्ने बताउनु भयो । न्यायपालिकाप्रति संशय हुनेगरी कहिले पनि काम नगर्ने प्रतिवद्धता जनाउनु भयो । 

उहाँले भन्नुभयो, ‘अहिलेको जुडिसियरी ट्रान्सपरेन्स छ । पारदर्शी छ यो । कसैले यो पारदर्शी छैन भन्नेकुरा भन्छ भने त्यसमा मेरो गम्भीर आपत्ति हुनेछ । हामीले जे काम गर्छौं, खुला अदालतको रुपमा हामी सुनुवाई गर्दछौँ । र एउटा प्रक्रियामा भएका जतिपनि अवस्थाहरु छन् । त्यो सबै कानून व्यवसायीहरुको अगाडि, पक्ष, विपक्षको अगाडि र त्यसपछि सबै यस्तो स्थिति छ, त्यहाँ कसैले शंका र संशय गर्ने ठाउँ नै छैन । यो निरन्तर चलिरहन्छ । यो पारदर्शीतामा यो अदालत अब्बल रुपमा आफूलाई यसले प्रश्तुत गर्नेछ । निष्पक्षता न्यायपालिकाको प्राण हो । त्यसको अधिकतम र प्रचुर प्रयोग हामीले कति गरेका छौँ ? मलाई विश्वास छ, न्यायपालिकामा त निष्पक्ष नभइ चल्दै चल्दैन । न्यायपालिकाप्रति संशय हुनेगरी हामी काम नै गर्दैनौँ ।’


प्रधानन्यायाधीश राउतले न्यायपालिका र पत्रकारिताको स्वतन्त्रता संविधानले आत्मसाथ गरेका कुराहरु भएकाले त्यसको दुरुपयोग हुनु नहुने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन