व्यवसायी र उपभोक्ताबीच सन्तुलित न्याय प्रदान गर्नु उपभोक्ता अदालतको जिम्मेवारीः प्रधानन्यायाधीश प्रकाशमान राउत

author

समाचारपाटी

१ महिना अगाडि

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले व्यवसायी र उपभोक्ताबीच सन्तुलित न्याय प्रदान गर्ने  कार्यक्षेत्र र विशेष जिम्मेवारी उपभोक्ता अदालतको हुने बताउनुभएको छ । 

शनिवार काठमाडौंमा उपभोक्ता अदालत उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उपभोक्ता अदालतले शुरुवातमा स्थापित गरेको न्यायिक कवचले उपभोक्ताको अधिकार संरक्षण गर्ने कुरामा आत्मसाथ गर्नुपर्ने बताउनु भयो । उहाँले उपभोक्तालाई अदालतले प्रदान गरेको सेवामार्फत न्यायिक निरुपणको नजिर स्थापित गर्नुपर्ने बताउनु भयो । उहाँले उपभोक्ता अधिकारलाई वस्तु तथा सेवाको गुणस्तरीय मापणमा कानूनी औजारको रुपमा लिनुपर्ने बताउनु भयो । कुनैपनि वस्तु तथा सेवा प्राप्त गर्नु मात्र नभइ उपभोक्ता अधिकार सन्तुष्टिसँग पनि जोडिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘जसले उचित मूल्य तिरेको छ उस्को मूल्यको सुनिश्चितता हुनुपर्छ । न्यायको सामान्य मान्यताले पनि यही कुराको माग राख्दछ । वस्तु र सेवाको गुणस्तरीयतका बारेमा पनि यो विद्धत समुदायको म ध्यान आकृष्ट गर्न चाहन्छु । उपभोक्ता अधिकार सरसर्ती हेर्दा वस्तु र सेवाको गुणस्तरीयतासँग नै सान्निध्य राख्ने कानूनी औजार हो । तर यसलाई हेर्दै जाँदा यति व्यापक छ कि यसले सम्बोधन नगर्ने क्षेत्र नै छैन । अझ वर्तमान व्यवसायिक युगमा बिजिनेस एजको  समयमा त झन् वस्तु र सेवाको  गुणस्तरको विषय परिणाम र आकारप्रकार तरिकासँग मात्रै सम्बन्धित छैन । आम उपभोक्ताको सन्तुष्टि कन्जुमर सेटिफेक्सनसम्म कुरा पुगेको हुन्छ । यस्तो अवस्थामा उपभोक्ताको सन्तुष्टि एवं वस्तु र सेवा गुणस्तरको मापणको मानक के हुने ? प्राविधिक र जटिल विषयमा कसरी प्रवेश गर्ने ?  न्याय निरुपणको यावद यक्ष प्रश्नहरु हुन सक्दछन् । यहाँहरुले यस अदालतबाट थालनी गरेको कामकारबाही र स्थापित गर्दै जाने न्यायिक अध्यासले नै उपभोक्ता विधि शास्त्र थप विकसित र समृद्ध हुँदै जाने हो । तसर्थ प्रारम्भमा गरिएको केही स्थापित अभ्यास, निर्माण गरिएका सैद्धान्तिक कवचहरु  र प्रदान गरिएका सेवाका सन्तुष्टि एवं विश्वासले अन्ततः आमसार्वभौम उपभोक्ताको अधिकार संरक्षण गर्दछ भन्ने कुरालाई आत्मसाथ गर्नु अपरिहार्य छ । एकातर्फ खुला बजार, प्रतिस्पर्धी अर्थतन्त्र, बजार संरक्षण  तथा व्यावसायिक सुगमताको विषय रहनसक्छ भने अर्कोतर्फ कोही निरिह उपभोक्ता वा गुणस्तरहिन सेवा र वस्तुको प्रयोगबाट पीडित पक्ष हुन सक्दछ । यस्तोमा सन्तुलित न्याय गर्ने कुरा यस अदातलको विशेष जिम्मेवारीमा पर्ने अवस्था रहन्छ ।’


प्रधानन्यायाधीश राउतले पीडित आमसर्वसाधारणले क्षतिपूर्ति दाबीको लागि आउनसक्ने गरी ऐनमा गरिएका विभिन्न व्यवस्था महत्वपूर्ण रहेको बतानउनु भयो । उहाँले क्षतिपूर्तिसहितको न्याय संवैधानिक प्रत्यभुति भएको बताउनु भयो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’