‘न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसावबाट गरिए न्याय पूर्वाग्रही हुन्छ’ 

author

समाचारपाटी

२ years अगाडि

काठमाडौंं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरुको भुमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताउनुभएको छ । 


बिहीवार काठमाडौं महानगरको कार्यक्रममा बोल्दै उहाँले न्यायिक सम्मेलनमा रहेर न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिएर न्याय सम्पादन गर्नुपर्ने बताउनुभएको हो । उहाँले न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसावबाट गरिए न्याय पूर्वाग्रही हुने बताउनु भयो । उहाँले पूर्वाग्रह भएको ठाउँमा न्याय हुन नसक्ने पनि बताउनु भयो । का.मु. प्रधानन्यायधीश कार्कीले न्याय दिनको लागि स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्ने बताउनु भयो । उहाँले स्थानीय जनप्रतिनिधिहरुले समाज मिलाएर राख्नका लागि भने आफू जनप्रतिनिधि पनि हुँ भन्ने हिसावबाट सोच्न जरुरी रहेको बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘स्थानीय जनप्रतिनिधिहरुको भुमिका न्यायिक समितिको एउटा न्यायाधीश मात्रै नभएर तपाईहरुको भुमिका जनप्रतिनिधिको हुनुपर्छ । त्यसैले जनप्रतिनिधिहरुको भुमिकाबाट पनि न्याय नै फैसला नै गर्नुपयो भने फेरि जनप्रतिनिधि हुँ भन्ने बिर्सिनुपर्छ । म यो पार्टीबाट निर्वाचित भएको हुँ भन्नेकुरा बिर्सिनुपर्छ । यदी म यो पार्टीबाट निर्वाचित भएको हुँ भन्नेकुरा दिमागमा राखेर मनमा राखेर फैसला गर्नुभयो भने न्याय पर्दैन । त्यहाँ पूर्वाग्रह हुन्छ ।

जहाँ पूर्वाग्रह हुन्छ त्यहाँ न्याय हुँदैन । न्याय पर्नको लागि स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्छ । त्यसैले को केबाट भए, विवाद गर्न आउने मान्छे को हो ? भन्न थाल्यौँ भने त हामीले न्याय गर्दैनौँ । अनि न्यायिक अधिकार दिएको त त्यसै खेर जान्छ । न्याय गर्न बस्दा त्यो सम्पूर्ण कुरा बिर्सिनुपर्छ । तर समाजमा मिलाएर राख्ने कुरा छ भने म जनप्रतिनिधि पनि हो है भन्ने हिसावले हामीले काम गर्नसक्यौँ भने आफ्ना दुवै भुमिका निर्वाह गर्न सक्नुहुन्छ ।’

का.मु. प्रधानन्यायाधीश कार्कीले मेलमिलाप कायम गरेर अघि बढ्नसके सबैले साथ दिने बताउनु भयो । न्यायिक समितिले फैसला गर्नेकुरामा भन्दा मेलमिलापको कुरामा बढी जोड दिनुपर्ने बताउनु भयो । 


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन