fbpx

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा छत्रबहादुर कटुवाल नियुक्त

author

समाचारपाटी

३ हप्ता अगाडि

सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त रहेको कार्यकारी निर्देशक पदमा बाजुराका छत्रबहादुर कटुवाललाई नियुक्त गरेको छ ।

बुधवार मन्त्रीपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्न आयोजना परिएको पत्रकार सम्मेलन बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभएको हो । उहाँले पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएको बताउनु भयो । उहाँले आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिनुभयो । मन्त्री गुरुङले नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंमा सरूवा गर्ने निर्णय गरेको बताउनु भयो । नेपाल सरकारको नाममा दर्ता रहेको बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा नं। ६ को १७२५ वर्गमिटर सरकारी प्रकृतिको जग्गा बुढीगंगा नगरपालिकाको प्रशासकीय भवन निर्माणार्थ बुढीगंगा नगरपालिका, बाजुरालाई उपयोग गर्न स्वीकृति गरेको छ । जिल्ला समन्वय समिति कैलालीको नाममा दर्ता रहेको धनगढी उपमहानगरपालिका वडा नं। १ को २७१८ वर्गमिटर जग्गा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापनाका लागि धनगढी उपमहानगरपालिका, कैलालीलाई उपयोग गर्न स्वीकृति दिएको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरूः
१.महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।
२.प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउन स्वीकृति दिने ।
३.प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्वन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ स्वीकृत गर्ने ।
४.फिलिपिन्समा आयोजना हुनेFace to Face Meeting मा २०८१ साल पुस २८ देखि माघ २ गतेसम्म नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीको नेतृत्वमा रहेको १३ सदस्यीय नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
५।पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने ।
६.विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा श्री छत्रबहादुर कटुवाल, बाजुरालाई नियुक्त गर्ने ।
७.आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।
८.नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक श्री टेक बहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौंमा सरूवा गर्ने ।
९.नेपाल सरकारको नाममा दर्ता रहेको बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा नं.६ को १७२५ वर्गमिटर सरकारी प्रकृतिको जग्गा बुढीगंगा नगरपालिकाको प्रशासकीय भवन निर्माणार्थ बुढीगंगा नगरपालिका, बाजुरालाई उपयोग गर्न स्वीकृति दिने ।
१०. जिल्ला समन्वय समिति कैलालीको नाममा दर्ता रहेको धनगढी उपमहानगरपालिका वडा नं.१ को २७१८ वर्गमिटर जग्गा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापनाका लागि धनगढी उपमहानगरपालिका, कैलालीलाई उपयोग गर्न स्वीकृति दिने ।
११.हिल्सा–सिमिकोट सडकको सल्लिसल्ला–सिमिकोट खण्डको कडा चट्टान रहेको ८०० मिटर लम्बाईको सडक निर्माण र चुवा खोलामा वेली वृज निर्माणको कार्य नेपाली सेनाबाट गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने ।
१२.राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा श्री ध्रुवआचार्य, रुपन्देहीलाई नियुक्त गर्ने ।
१३.अप्पर देउमाई खोला साना जलविद्युत आयोजना निर्माणको लागि इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका तथा देउमाई नगरपालिकामा रहेको राष्ट्रिय वनको ४.८२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
१४.कानेपोखरी गाउँपालिका मोरङको केन्द्र वडा नं. ६ वयरवनलाई परिवर्तन गरी वडा नं. ५ भौसाबारी कायम गर्ने ।
१५.खानेपानी तथा सरसफाई नियमावली, २०८१ स्वीकृत गर्ने ।
१६.निकासी पैठारीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने ।
१७.राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने ।
१८.विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ स्वीकृत गर्ने। ।
१९.ऊर्जा विकास मार्गचित्र, २०८१ स्वीकृत गर्ने ।
२०.वाणिज्य नीति, २०८१ स्वीकृत गर्ने।


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन