छविलाई बयानका लागि रुपन्देही लगियो

author

समाचारपाटी

९ महिना अगाडि

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार रुपन्देही पठाइएको हो । कास्कीका एसपी श्यामबाबु ओलियाले जोशीलाई रुपन्देही पठाएको पुष्टि गरे ।

‘बयानका लागि रुपन्देही पठाएका हौं । बयान सकिएपछि फेरि पोखरा नै फिर्ता हुनुहुन्छ’ एसपी ओलियाले भने ।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो । ३१ भदौमा बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएसँगै ६ असोजमा जोशी काठमाडौंको शंखमुलबाट पक्राउ गरेका थिए ।

त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् । उनी गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक मध्येका एक हुन् । विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा हिरासतमा रहेका जोशी बुटवलको सुप्रिम सहकारीको बयानका लागि रुपन्देही लगिएको हो । सुुप्रिमको मुद्दा यसअघि नै अदालत पुगिसेकेको छ । जोशी लगायतका व्यक्तिको संलग्नता खुलेको बखत पुरक अभियोजन बनाएर पुनः मुद्दा लग्ने बाटो भने खुल्ला रहेको छ । सोही प्रयोजनका लागि सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि जोशीलाई रुपन्देही लगिएको हो ।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.९८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन