fbpx

पोखरा विमानस्थलबाट दोस्रो पटक चार्टर उडान

author

समाचारपाटी

१ year अगाडि

पोखरा विमानस्थलबाट पुनःअन्तर्राष्ट्रिय उडान भएको छ । शनिवार बिहान पहिलोपटक भूटानको डु«क एअरले व्यावसायिक उडान भरेको हो । भूटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिवार बिहान पौने ७ बजे पोखरा ओर्लिएको ड्रुकले ४२ युरोपेली पर्यटक बोकेर आज बिहान सवा ८ बजे थिम्पु फर्किएको हो । भारत, नेपाल र भूटान घुम्ने गरी आएका युरोपेली पर्यटक ड्रुक एअर चार्टर गरी थिम्पु गएका हुन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन व्यवसायीले विमानस्थलमा ड्रुक एअरका चालक दललाई स्वागत र थिम्पु जाने पर्यटकलाई बिदाइ गरेका थिए । पर्यटकलाई स्वागत गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारकर्मीहरुसँग कुरा गर्दै गण्डकी प्रदेशका पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापाले भारतसँगको रुटबारे केही समस्या भएकाले छलफल भइरहेको बताउनु भयो । उहाँले भारतसँग कुरा मिलेपछि चाँडै नै विमानस्थलबाट उडान शुरु हुने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘यो एयरपोर्ट कसरी सञ्चालन गर्न सकिन्छ ? त्यो विषयमा हामी नेपाल सरकारसँग के गर्दा चलाउन सकिन्छ भनेर छलफल गरिरहेका छाैँ । हामीले केही विषय उठाएका छौँ । एयरपोर्ट निर्माण गरिदिनुभयो, लगानी रिटर्न गर्न पनि धेरै समस्या छन्, त्यसलाई बुझेर फ्लाइट गर्न आग्रह गरेका छौँ । चीनले सहयोग गर्दा दक्षिणतिर केही नमिलेको हो की यी कुरा मिलाएर जानुपर्छ । पर्यटनसँग सम्बन्धित गतिविधि बढाउनुपर्ने कुरामा हामी लागेका छौँ ।’

सञ्चारकर्मीसँगको कुराकानीमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट बनिसकेपछि पनि सञ्चालन हुने की नहुने भन्ने दोधार भएको भन्दै अब भने पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट उडानका लागि तयार छ भन्ने सन्देश गएको बताउनु भयो । उहाँले अब नियमित उडान सेप्टेम्बरपछि हुनसक्ने कुरा प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी गराउनुभएको भन्दै उहाँले चीन उडानका लागि तयार भएपनि भारतसँग पनि छलफलबाट समस्या समाधान गरे उडान नियमित हुन कठिनाइ नहुने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट बनिसकेपछि यो चल्छ चल्दैन धेरै खालका कुरा भए । आज दोस्रो फ्लाइट भएको छ । पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट उडानका लागि तयार छ भन्ने सन्देश गएको छ । अब नियमित उडान सेप्टेम्बरपछि हुनसक्छ भनेर प्रधानमन्त्रीज्युले भन्नुभएको छ । पश्चिमबाट छिटै एउटा रुट मिल्छ, उत्तरबाट रेडि छ, दक्षिणबाट कुरा सकिएपछि रेगुलर उडान हुन्छ ।’  यसअघि चीनको सिचुवान एअरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो ।


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन