धरान । कोकाहाखोला बाट धरान सम्म खानेपानी ल्याउन भैरहेको कोकाहा खानेपानी आयोजनामा सहयोग पुर्याउने
उद्देश्यले गत चैत २५ गते सम्पन्न भएको बृहत सांगीतिक कार्यक्रम ''च्यारिटी कन्सर्ट'' फर कोकाहा खानेपानी धरान
बाट उठाईएको रकम सोमबार सार्वजनिक गरिएको छ।

आयोजक सिल्भर इन्टरटेन्मेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै कन्सर्टको आयव्यय सार्वजनिक गरेको हो । उक्त कन्सर्टको सम्पूर्ण खर्च कटाएर २८ लाँख ३६ हजार ३४५ रुपैया बाँकी रहेको कार्यक्रम संयोजक मीना सिंगकले जानकारी दिनुभयाे । सोही पत्रकार सम्मेलनमा उक्त रकम बराबरको डमी चेक आयोजक सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ र संयोजक मिना सिंगकले मेयर हर्क राज राई साम्पाङलाई हस्तान्तरण गर्नुभएकाे थियाे ।

संयोजक सिंगकका अनुसार टिकट बिक्रीबाट १६ लाँख ४६ हजार ८५६ रुपैया संकलन भएको थियो । जसमा कन्सर्टको दिन गेटबाट ३ सय दरको टिकट बिक्री हुँदा ६ लाँख ४८ हजार रकम उठेको थियो भने प्रिसेल टिकट २सय दरबाट ४ लाँख ७८ हजार, ५ सय, १ हजार दरको टिकटबाट २ लाँख ४६ हजार ५ सय र ३ सयको टिकटबाट १८ हजार रकम संकलन भएको थियो । यस्तै, एउटा पाइप बराबरको ७ हजार १२१ रुपैयाँको टिकट बिक्रीबाट २ लाँख ५६ हजार ३५६ रुपैया संकलन भएको थियो । भने टिकट बाहेकबाट विभिन्न व्यक्ति तथा संस्थाहरुको आर्थिक सहयोगबाट १९ लाँख ७१ हजार २१० रुपैया संकलन भएको थियो ।

सबै गरेर ३६ लाँख १८ हजार ६६ रुपैयाँ संकलन भएको र खर्चतर्फ भने कुल ७ लाख ८१ हजार ७२१ रुपैया भएको पनि संयोजक सिंगकले सार्वजनिक गर्नुभयाे । मेयर साम्पाङले भब्य कन्सर्टगरेकोमा आयोजक, सहयोगी दाता, कलाकारहरु सबैलाई धन्यवाद दिनुभएकाे थियाे । भने कन्सर्ट हेर्न आउनुहुने धरान तथा धरान बाहिरका दर्शकहरुलाई पनि धन्यबाद दिएका थिए भने सम्पूर्ण रकम कोकाहा खानेपानी आयोजनामा खर्च गरिने र चाडै धरानेजनताहरुले कोकाहाको पानी खान पाउने बताउँदै दैनिक भैरहेको कोकाहा श्रम अभियानमा संगलग्न हुन आव्हान गरे।
उक्त च्यारिटी कन्सर्टमा सहयोग गर्ने सम्पूर्णलाई आयोजक तथा मेयर हर्क साम्पाङ्गले धन्यबाद पत्र वितरण गर्नुभएकाे थियाे । गत चैत २५ गते सम्पन्न भएको कन्सर्टमा कलाकारहरु दिप श्रेष्ठ, राजेश पायल राई,दिपक लिम्बु,प्रविशा अधिकारी, डिल्ली फोम्बो एंड द ब्याण्ड , द वाल्किंग क्लाउड ब्याण्ड , एकदेव लिम्बु, रोहित मास्के लगायतले निःशुल्क गाएर सहयोग गर्नुभएकाे थियाे ।