चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ चापाकोट पर्यटन प्रर्वद्धन समितिको आयोजनामा चापाकोट देउरालीमा २४ गतेदेखी सुरु भएको छ ।
महोत्सवमा बोल्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले महोत्सवले संस्कृती संरक्षणमा उत्कृष्ण भुमिका खेलको बताउनुभएकाे छ ।
महोत्सवमा विभिन्न संस्कृतिक कार्यक्रमको अवलोकन गदै उहाँले यस्ता महोत्सवको आवश्यकता रहेको बताउनुभयाे । पोखराको पञ्चासे र फेवाताल संंरक्षणमा पोखरा २३ को भुमिका उल्लेखनिय रहेको बताउनुभयाे ।

पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले २३ नं वडा विकासमा पछी परेको गुनासो गदै पोखराको मुख्य सहरी क्षेत्रमा जस्तो विकास हुनुपर्ने पर्ने बताउनुभयाे । उहाँले आगामी दिनमा सोही अनुसारको विकास योजना २३ मा राखिदिन आग्रह गर्नुभयाे ।
महोत्सव २८ गते सम्म हुने छ । नौमती बाजा प्रतियोगितातर्फ ५ टिमको सहभागी भएका छन् । प्रथम लाई ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ । नैमती बाजा प्रतियोगितामा सुन्धुली कला घरको टिमले भाग लिएको छ ।

उक्त टिममा सबै महिला कलाकारले बाजा बजाएका थिए । उनीहरुले ९ भन्दा बढी तालमा बाजा बजाएका थिए ।
भजन प्रतियोगितातर्फ ७ टिम सहभागी भएका छन् । प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।
रत्यौलि प्रतियोगितातर्फ ९ टिम सहभागी रहेका छन् । प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ । सबै विघाको प्रतियोगितामा सहभागी मध्य केहीको प्रस्तुती भएको छ ।
पुरुष दौड प्रतियोगितामा पहिलो हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार रुपैयाँ तितृय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । महिला दौड प्रतियोगिमा पहिलो हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार रुपैयाँ तितृय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
बाल नृत्यमा पहिलो हुनेलाई २ हजार ५ सय सुपैयाँ द्धितिय हुनेलाई २ हजार रुपैयाँ तितृय हुनेलाई १ हजार ५ सय रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । दुना टपरी बुन्ने प्रतियोगितामा प्रथमहुनेलाई २ हजार द्धितिय हुनेलाई १ हजार ५ सय तितृय हुनेलाई १ हजार र सान्तवना हुनेलाई ५ सय रुपयाँले सम्मान गरिने भएको छ ।
झाँकी प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार तितृय हुनेलाई २ हजार रुपैयाँ र सान्तवना हुनेलाई १ हजार रुपैयाँले सम्मान गरिएको छ । घैटो फुटाउने प्रतियोगितामा पहिलो हुनेलाई १ हजारले सम्मान गरिने छ।