fbpx

चौथो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव सम्पन्न

author

समाचारपाटी

१0 महिना अगाडि

चौथो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०८० सम्पन्न भएको छ । महोत्समा भएको भलिबल प्रतियोगितामा पहिलो ठुलाखेत दोस्रो घाटिछिना दोस्रो भएको छ । झाकी र्याली प्रतियोगितामा पहिलो हर्पन खोला तमु समाज, दोस्रो सहनसिल आमा, तेस्रो नमुना हर्पन आमा समूह र सान्त्वना लालि गुराँस आमा समूह भएको छ ।

दुना टपरी बनाउने प्रतियोगितामा पहिलो पबित्रा देवकोटा, दोस्रे पार्वती अधिकारी, तेस्रो शान्ति बिक र सान्त्वना उजेली सुनार हुनुभयाे । नैमती बाजा प्रतियोगितामा पहिलो सगरमाथा नैमती बाजा, दोस्रो पञ्चोसे नैमति बाजा, तेस्रो आदिखोला नैमती बजार, सान्त्वना भुका देउराली नैमती बाजा र चापकोट नैमती बाजा भएको छन् । भजन प्रतियोगितामा पहिलो पञ्चासे भजन समूह, दोस्रो राधाकृष्ण भजन समूह, तेस्रो सन्जय ढकाल दाजु भाई समूह र सान्तवना अ‍ैसेललुचउर भजन समूह घोषित भए ।
बिद्यालय स्तरीय नृत्य प्रतियोगितामा पहिलो अश्मी गुरुङको समूह, दोस्रो सिमा रानाको समूह, तेस्रो सिद्व बराहा र सान्त्वना जनकल्याण बोडिङ् स्कुल भएका छन् ।

कौडा नृत्य प्रतियोगितामा पहिलो पुर्णिामा संस्कृति कला केन्द्र, दोस्रो सनराईज बोडिङ्, तेस्रो अरपिता गुरुङको समूह,सान्त्वना सिद्वबराहा माबी भएका छन् । रत्यौली गित प्रतियोगितामा पहिलो पिपलडाली आमा समूह, दोस्रो पञ्चासे परिवर्तन समूह, तेस्रो सहनसिल आमा समूह, सान्त्वना देउराली आमा समूह भएका छन् ।

गण्डकी प्रदेश सरकार प्रदेश सभा सदस्य प्रकाश बरालले संस्कृति संरक्षणमा महोेत्सबले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयाे । सरकारले यस्ता कार्यक्रमलाई प्रसोहान गर्नुपर्ने बताउनुभयाे । सरकारको सिमित स्रोत र साधन भएको कारण जनताको आसा अनुसार बिकास गर्न नसकिएको स्विकार गर्नुभयाे ।

पोखरा २३ वडा अध्यक्ष रामकाजीले गुरुङ पर्यटन प्रवर्द्धनमा महोत्सबले सहयोग गर्ने जानकारी दिनुभयाे । होमस्टेको लागि पुर्वाधार बिकास योजना नमुना गोरेटो बाटो निर्माण हुदै गरेको छ । पोखरा २४ वडा सदस्य रेशम सुवेदी चापकोट क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा गर्न पहल गर्ने बताउनुभयाे ।

पोखरा महागर पर्यटन प्रवर्द्धन संघ उपाध्यक्ष रबिन्द्रराज पौडेल चापकोटमा पर्यटन प्रवर्द्धन गर्न पहिला पनि पहल गरेको र आगामी दिनमा पनि आवस्यक पहल गर्ने बताउनुभयाे ।

पर्यटन प्रबर्धन समितिका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । महोत्सव सह संयोजक रोहन सुनार २४ गतेबाट २८ गतेसम्म भएको थियो ।


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक