पुम्दीकोटस्थित बिशाल महादेव मूर्ति निर्माणका अभियान्ता चन्द्रकान्त बराल सम्मानित

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पुम्दीकोटस्थित बिशाल महादेवको मूर्ति निर्माणका अभियान्ता चन्द्रकान्त बराल सम्मानित हुनुभएकाे छ । शनिबार साँझ समाज सेवासंगै उद्योग एवं ब्यवसायीमा सक्रिय बराललाई पुम्दीकोटस्थित बिशाल महादेबको मूर्ति निर्माणमा महत्वपूर्ण योगदान गरेकोमा लायन्स क्लव अफ पोखरा अन्नपूर्ण सहितका क्लवहरुले संयुक्तरुपमा सम्मान गरेका हुन ।

पोखरा अन्नपूर्ण, मर्दीहिमाल लगातका ६ वटा क्लवले आयोजना गरेको संयुक्त पदस्थापन समारोहमा लायन्स क्लव अन्तराष्ट्रिय, डिष्ट्रिक ३२५ ‘जे’ नेपालका गभर्नर हरि मरहठ्ठाले समाजसेवी बरालललाई ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । डिष्ट्रिक गभर्नर मरहठ्ठाले चार दशकदेखि विभिन्न ब्यवसायसंगै समाज सेवामा सक्रिय बरालले पुम्दीकोटमा करोडौँको लगानीमा बिशाल महादेवको मूर्ति निर्माण गरेर नयाँ पर्यटकीय गन्तब्यकारुपमा बिकास गरेकोमा सह्राना गर्नुभयाे । उहाँले समाज सेवी बरालको अगूवाइमा महादेवको मूर्ति निर्माण भएसंगै पोखरामा नयाँ पर्यटकीय गन्तब्य थापिएको बताउनुभयाे । उहाँले भन्नुभयाे,‘एउटा ब्याक्तिको योजनमा पुम्दीकोट समग्र पोखरा क्षेत्रकै महत्वपूर्ण धार्मिक एवं पर्यटकीय गन्तब्यका रुपमा बिकास भएको छ । महादेवको बिशाल मूर्ति र अन्य पूर्वाधार निर्माण संगै पोखरा भित्रिने आन्तरिक तथा बाह्यि पर्यटकहो रोजाईको क्षेत्र पर्ने थालेको छ । मूर्ति निर्माणले स्थानिय र समग्र पोखराको पर्यटन विकासमा कोसेढुङ्गा समावित हुदैछ ।’गभर्नर मरहठ्ठाले बराल लायन्सकै पूर्व अध्यक्ष भएको बताउँदै लायन्स सदस्यको अगूवाइमा करोडौंको परियोजनाले मुर्तरुप लिनुले गौरवको अनुभूति भएको उल्लेख गर्नुभयाे ।

सम्मानित ब्याक्तित्व एवं पुम्दीकोट बिशाल महादेब मूर्ति निर्माण समितिका संयोजक बरालले आफूलाई लायन्स लगायतका संघसंस्थाले गरेको यस सम्मानले समाज सेवामा लाग्नका लागि थप प्रेरणा थपेको बताउनुभयाे । उहाँले यस ठाउँमा महादेवको बिशाल मूर्ति निर्माण गरेर पोखरा क्षेत्रमा नयाँ पर्यटकीय गन्तब्यका रुपमा बिकास गर्ने आफ्नो योजनामा विभिन्न दाताहरुको सहयोगले सम्भव भएको बताउनुभयाे ।

परियोजना सफल बनाउनका लागि आफू विगत आठ बर्षदेखि ब्यवसाय त्यागेर पूर्णरुपमा लागि रहेको अध्यक्ष बरालले उल्लेख गर्नुभयाे । बरालले २०५२ सालमा त्यस ठाउँमा विशाल महादेवको मूर्ति बताउन रातमा सपनी देखिएपछि यो परियोजना बनाउने योजना बनाएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे,‘२०५२ मा राती समनीमा यस ठाउँमा महादेवको बिशाल मूर्ति बनाउनु पर्ने सपनी देखे । त्यस रातको सपनापछि २० करोडको लागतमा भिमकाय बिशाल महादेबको मूर्ति निर्माण गर्ने योजना बनाएँ । सरकारका मन्त्रालयदेखि विभिन्न संघसंस्था र ब्याक्तिहरु संग सहयोगका लागि हात फैलाएँ । मूर्ति निर्माणका लागि सहयोग जुटाउन महापुराण लगाएर रकम जोहोको शुरुवात गरियो । महापूराणबाट संकलित रकमसंगै विभिन्न उद्योगि, ब्यवसायी, समाजसेवी लगायतको सहयोगमा पूर्वाधार निर्माण यो अवस्थामा आइपुगेको छ । अब, झण्डै एक करोड ऋण तिर्न वाँकी छ ।’
अध्यक्ष बरालले आर्थिक पारदर्शीता र मितब्ययीतता देखेर नै दाताहरुले करोडौंको सहयोग गरेकाले परियोजनाले सफलता पाएको उल्लेख गर्नुभयाे ।

बराले २०४० साल देखि पाेल्टी ब्यवसायमा आवद्ध हुनुहुन्छ । उहाँ लायन्स क्लव अफ पोखरा फिष्टेलका पूर्व अध्यक्ष, गरिमा बिकास बैकको अध्यक्ष लगायत दर्जनौ सामाजिक संघसस्थाको नेतृत्व गरिसक्नुभएकाे छ । लायन्स डिष्ट्रिक ३२५ ‘जे’ नेपालका निवर्तमान गभर्नर एवं लायन्स अन्नपूर्णका पूर्व अध्यक्ष ध्रुर्व श्रेष्ठले समाज सेवी एवं महादेव मूर्ति निर्माणका परिकल्पनाकार बराललाइ सम्मान गर्न पाउँदा गौरवान्वित भएको बताउनुभयाे । समाजमा अतुलनिय र अनुकरणीय कार्य गर्दै आउनुभएकाे बराल प्रतिको सम्मानले समाज सेवा गर्ने प्रति प्ररणन थप्ने उहाँले बिश्वास ब्यक्त गर्नुभयाे ।

बराललाइ सम्मान गर्ने अन्नपूर्ण लायन्स क्लव यस क्षेत्रको समाज सेवामा अग्रणी क्लवका रुपमा परिचित छ । क्लवले विश्वका विभिन्न राष्ट्रमा रहेका क्लवहरुको समन्वयमा नेपालका विभिन्न क्षेत्रमा समुदायक बिद्यालय भवन, खानेपानी ट्याङकी, पुस्ताकालय, बार्षिक दर्जनौं छात्रबृत्ति, विदेशी तथा स्वदेशी चिकित्सकको समन्वयमा बर्षेनी निशुल्क स्वास्थ्य शिविर, अक्षकोष संचालन लगायतका सेवा गर्दे आइरहेको अन्नपूर्णका पूर्वअध्यक्ष अजुर्न पोखरेलले जनाकारी दिनुभयाे ।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन