बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

author

समाचारपाटी

३ दिन अगाडि

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

बेलायत–नेपाल चेम्बर अफ कमर्स र लण्डनस्थित नेपाली दूतावासको संयुक्त आयोजनामा लण्डनमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल र बेलायतबीचको दुई सय वर्षभन्दा लामो ऐतिहासिक सम्बन्धलाई व्यापार र लगानीमार्फत थप प्रगाढ बनाउनुपर्ने बताए। कार्यक्रममा दुवै देशका व्यापारी, लगानीकर्ता र समुदाय प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।

उनले नेपालमा प्रशस्त लगानी सम्भावना रहेको उल्लेख गर्दै जलविद्युत उत्पादनको ४० हजार मेगावाटभन्दा बढी क्षमता, स्वच्छ र हरित ऊर्जाको महत्व, युवा तथा दक्ष जनशक्ति र कम श्रम लागतका कारण नेपाल लगानीमैत्री गन्तव्य बन्दै गएको बताए।

“नेपालमा जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू छन्। स्वच्छ ऊर्जा भविष्य हो र हामी बेलायती कम्पनीहरूलाई यी क्षेत्रमा सहकार्य गर्न आमन्त्रण गर्छौं,” अध्यक्ष ढकालले भने।

सूचना प्रविधिको क्षेत्रमा नेपाली युवाको सीप र दक्षताले नेपाललाई डिजिटल सेवाको प्रतिस्पर्धी केन्द्र बनाउन सकिने उनले बताए। साथै, लगानीकर्तालाई आवश्यक सहजीकरण र स्थिर वातावरण उपलब्ध गराउन महासंघ प्रतिबद्ध रहेको स्पष्ट पारे।

कार्यक्रममा उनले बेलायतस्थित नेपाली समुदायले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली उत्पादनको बजार विस्तार, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा थप योगदान दिन सकिने बताए।

आयोजक संस्थाहरूले यस्तो प्रकारको अन्तरक्रियाले नेपाल–बेलायत व्यापार र लगानी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२१.२८°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ