fbpx

विद्यमान नीतिलाई सहजिकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्छः चन्द्रप्रसाद ढकाल

author

समाचारपाटी

२ हप्ता अगाडि

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले विद्यमान नीतिलाई सहजिकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्ने बताउनुभएको छ ।


शुक्रवार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउन भएको हो । उहाँले सरकारले कोभिड–१९ पछि निजी क्षेत्रले दिएका सुझावका आधारमा नीतिहरु बनाउन नसक्दा अर्थतन्त्रले अहिले चुनौती भोग्नुपरेको बताउनु भयो । उहाँले त्यो बेला निजी क्षेत्रले दिएका सुझावलाई परम्परागत सोचाईबाट निजी क्षेत्रको हित र फाइदाको लागि भन्ने राज्यले सोचेको दाबी गर्नुभयो । निजी क्षेत्रले दिएका सुझावका आधारमा ठिक समयमा नीतिहरु बनेको भए अहिलेको समस्या भोग्नु नपर्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र खुम्चिएर गएको भन्दै राज्यको नीतिकै कारण बैंक तथा वित्तीय संस्थाहरुसँग प्रशस्त मात्रामा तरलता थुप्रिएको बताउनु भयो । उहाँले अहिले व्यवसायीहरुले बैकबाट ऋण लिनसक्ने अवस्था नभएको बताउनु भयो । उहाँले सरकारको नीतिको कारण अफ्ठ्यारोमा परेका उद्योगी व्यवसायीहरुलाई सहजिकरण गर्ने नीति नबनेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नसक्ने अवस्था नभएको बताउनु भयो ।


उहाँले भन्नुभयो,‘ सरकारले कोभिड–१९ पछि निजी क्षेत्रले दिएका सुझावहरु सरकारले सुनेन । त्यो बेला निजी क्षेत्रले दिएका सुझावलाई परम्परागत सोचाईबाट निजी क्षेत्रको हित र फाइदाको लागि भन्ने सोचियो । त्यो दृष्टिकोणले हेरेर निजी क्षेत्रले दिएका सुझावका आधारमा ठिक समय नीतिहरु बन्न सकेन । त्यसले मुलुकको अर्थतन्त्र खुम्चिएर गयो । बैंक तथा वित्तीय संस्थाहरुसँग प्रशस्त मात्रामा तरलता छ । तर व्यवसायीहरुले बैकबाट ऋण लिनसक्ने अवस्था छैन । हरेक दिन पत्रिकामा व्यवसायीहरु कालोसूचीमा पर्ने गरेका छन् । सरकारको नीतिको कारण अफ्ठ्यारा छन् । सरकारले अहिले भइरहेको अर्थतन्त्रको प्रणाली नबिग्रने गरी नितिहरुमा सहजिकरण गर्नसक्यो भने मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन सकिन्छ । अन्यथा हजारौं मानिसहरुलाई रोजगारी दिने उद्योग प्रतिष्ठानहरु बैंकको ऋणबाट बाहिर निस्कने गरी राज्यको नीतिमा सहजिकरण गर्नुपर्छ ।’


उहाँले पर्यटन क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने वातारण नभएको बताउनु भयो । उहाँले सानो आयोजना बनाउनको लागि राज्यको वनदेखि लिएर जग्गाका नीतिको कारण सहज अवस्था नभएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन