fbpx

ग्लोवल आइएमई बैंक सबै प्यारामिटरमा देशकै ठूलो बैंक बन्नेछः अध्यक्ष चन्द्रप्रसाद ढकाल

author

समाचारपाटी

३ हप्ता अगाडि

ग्लोवल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ । आजदेखि बैंक आफ्नो १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको हो । १८ औं वार्षिकोत्सवको अवसरमा बिहीवार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोवल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गर्नुभयो । कर्मचारीहरुले आफ्नोपनसहित काम गरेको खण्डमा धेरै फायदा लिन सकिने अध्यक्ष ढकालको भनाइ छ । नेपालमा रहेका कुनैपनि बैंकको डिपोजिट बराबरको रकम ग्लोवल आइएमई बैंकको सेभिङ डिपोजिट रहनु गौरवको विषय भएको बताउनु भयो । अध्यक्ष ढकालले ग्लोवल आइएमई बैंक र बैंकअन्तर्गतका रेमिट्यान्स कम्पनीमार्फत करिव ५० प्रतिशत रेमिट्यान्स भित्र्याउनु पनि बैंकका लागि खुशीको कुरा भएको बताउनु भयो । नेपालमा गरेपछि सबै सम्भव हुनेकुरा आफ्नो जीवनीबाट लिन सकिने बताउनु भयो । 

अध्यक्ष ढकालले भन्नुभयो, ‘कुनै बैंकको टोटल डिपोजिट बराबरको हाम्रो सेभिङ डिपोजिट छ भनेर उहाँले भन्नुभयो । जुन चिज हाम्रो लागि धेरै गौरवको कुरा हो । हामी र हामी अन्तर्गतका रेमिट्यान्स कम्पनी र बैंकको हिसावले करिव करिव ५० प्रतिशत जति रेमिट्यान्स हाम्रो च्यानलमार्फत भित्र्याएका छौँ । त्यो पनि आफैँमा धेरै ठूलो एचिभमेण्ट हो । अझै हाम्रो जुन हिसावले डिपोजिट मोभिलाइजेशन भएको छ, डिपोजिट सोलिसिट गरेको छ, जुन हाम्रो क्यापासिटी छ, जुन हाम्रो रेफरेन्सर, जुन हाम्रो ब्राण्डिङ छ । यो हिसावले अझै हामीले धेरै चिजहरु गर्नसक्ने ठाउँ छ । हाम्रो स्ट्रेन्थलाई अझै हामीले क्यापिटलाइज गर्न सकेका छौँ जस्तो लाग्दैन । सम्पूर्ण बोर्ड, म्यानेजमेण्ट र सम्पूर्ण कर्मचारी साथीहरुलाई म के भन्न चाहन्छु भने यो एउटा सानो इण्डिभिजियल कमर्सियल बैंकको सबैभन्दा सानो पोस्टमा काम शुरु गरेको व्यक्तिले १८÷२० वर्षको बीचमा नेपालको सबैभन्दा ठूलो बैंक, सबैभन्दा ठूलो नेटवर्क, सबैभन्दा ठूलो ब्यालेन्ससाइड भएको सानो इनिसिएशन लिएर इमान्दार हिसावले काम गर्न लाग्यो भने, अघि बढ्यो भने त्यो सम्भव हुने रहेछ भन्नेकुरा आज प्रमाणित भएको छ । हामीसँग ४ हजार जति कर्मचारी साथी हुनुहुन्छ, शेयर होल्डर त धेरै नै छौँ । मेहनत अझै हामीले बढायौँ भने साइजको हिसावले त सबैभन्दा ठूलो भएका छौँ, हामी अझै हरेक प्यारामिटरमा नेपालको सबैभन्दा ठूलो बैंक र सबै प्यारामिटरमा अब्बल छौँ भन्नेकुरा प्रमाणित गर्नको लागि, नतिजा दिन धेरै समय लाग्छ भन्ने मलाई लाग्दैन । हरेक इण्डिभिजुअलमा यो मेरो बैंक, राम्रोसँग काम गरेको खण्डमा मेरो पनि भविष्य छ भन्नेगरी काम गरे यसबाट बेनिफिट धेरै लिन सकिन्छ ।’ 


१८ औं वार्षिकोत्सवको अवसरमा बैंकले बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना ल्याएको छ । छुट पौष २४ गते बुधवारसम्म रहनेछ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक