निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुन्छः अध्यक्ष चन्द्रप्रसाद ढकाल

author

समाचारपाटी

४ महिना अगाडि

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुनसक्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले सरकारले क्षेत्रका मुद्दाहरु सम्बोधन गरेर व्यवसायीक गतिविधि बढ्यो भने मात्रै आर्थिक सुधार हुने बताउनु भयो । उहाँले आर्थिक गतिविधि र रोजगारी सिर्जना, राजश्व वृद्धि र समग्र आर्थिक विकासको लागि निजी क्षेत्रले काम गर्नसक्यो र काम गर्ने वातावरण सबै क्षेत्रले दिनसक्यो भने मात्रै सम्भव रहेको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रलाई व्यवसायी वातावरण बनाउन सरकारले विद्यमान ऐन कानूनहरुलाई परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘उद्योग वाणिज्य,भन्सार,वन लगायतका विद्यमान ऐन कानून र नीतिहरु छन् । ती नीतीहरु जबसम्म परिमार्जन गर्न सक्दैनौ तबसम्म आर्थिक गतिविधि बढाउने र मुलुकमा लगानीको वातावरण बन्न सक्दैन ।  त्यसको लागि सरकारले उच्च स्तरिय आर्थिक सुधार आयोग गठन गर्नुपर्छ । त्यसले ऐनहरु पुराना ऐनहरु सुधारको लागि सुझाव दिओस भन्ने महासंघले सुझाव राखेको थियो । अहिले त्यही अनुसार आयोग गठन भएको छ । निजी क्षेत्रको प्रतिनिधि राखिएको छ ।निजी क्षेत्रको प्रतिधित्वले आगामी दिनमा निजी क्षेत्रका मुद्दाहरु सम्बोधन र व्यवसायिक गतिविधि बढ्यो भने मात्रै आर्थिक सुधार हुन्छ । आर्थिक गतिविधि र रोजगारी सिर्जना, राजश्व वृद्धि र समग्र आर्थिक विकासको लागि निजी क्षेत्रले काम गर्नसक्यो र काम गर्ने वातावरण सबै क्षेत्रले दिनसक्यो भने सम्भव हुन्छ ।’


उहाँले उद्योग वाणिज्य,भन्सार,वन लगायतका विद्यमान ऐन कानून र नीतिहरु परिमार्जन नभएसम्म आर्थिक गतिविधि बढाउने र लगानीको वातावरण बन्न नसक्ने दाबी गर्नुभयो । उहाँले  सरकारले  बनाएको उच्चस्तरीय आर्थिक सुधार आयोगले विद्यमान ऐनहरु सुधारको लागि सुझाव दिने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

२१.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने