fbpx

‘विगतमा ऐन कानूनहरु केही संशोधन भए तर अहिलेसम्म नियमावली बन्न नसक्दा समस्या छ’:-चन्द्र प्रसाद ढकाल

author

समाचारपाटी

२ महिना अगाडि

मुलुकमा आन्तरिक तथा वाह्य लगानीको वातावरण बनाउनु नीतिगत सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चन्द्र प्रसाद ढकालले यस्तो बताउनुभएको हो । उहाँले सरकारले परिमार्जन गरेका कानूनहरु संशोधन भएपनि नियमावलीहरु बन्न बाँकी रहेको बताउनु भयो । उहाँले अब मुलुकमा थप आन्तरिक तथा वाह्य लगानीको लागि कानून संशोधन र नियमावलीहरुसँगै अगाडि बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकमा लगानीका लागि अझै केही कानूनहरू संशोधन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले गत वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत कानून संशोधन भएपनि तिनको नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । उहाँले अहिले निजी क्षेत्रमा अन्तःशुल्क, उत्पादित सामग्री खेर जाने र मूल्यलगायतका समस्याहरू रहेको बताउनु भयो । उहाँले यसको व्यावहारिक निर्णय गरेर समयमै सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘विगतमा ऐन कानूनहरु केही संशोधन भए तर अहिलेसम्म नियमावली बन्न नसक्दा समस्या छ । सरकारले आन्तरिक तथा वाह्य लगानी सहजिकरण तथा वातावरण बनाउन अझै नीतिगत रुपमा धेरै सुधार गर्न आवश्यक छ । सरकार र निजी क्षेत्रको सक्रियतामा लगानी सम्मेलन सम्पन्न भयो । कानुनहरू संशोधन भए । तर तिनको नियमावली र कार्यविधि तयार नभएको अवस्था छ। त्यो चिजलाई सम्बोधन आवश्यक छ । चाहे आन्तरिक होस् वा वाह्य लगानी भित्र्याउनका लागि होस् कतिपय कानून अझै परिवर्तन गर्नुपर्नेछ ।’

उहाँले वर्तमान सरकाले निजी क्षेत्रलाई प्राथमिकता दिएर व्यवसायीलाई पनि राखेर छलफल गरिरहेको भन्दै निजी क्षेत्रले यसलाई स्वागतका रुपमा लिएको बताउनु भयो । उहाँले निजी क्षेत्रले दिएका सुझावअनुसार समस्या समाधान गरेमा छोटो समयमा आर्थिक सुधार गर्न सकिने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ ११, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक