fbpx

विकासशील मुलुकमा स्तरोन्नति हुँदा स्टार्टअप उद्यमको विकास गर्नु अपरिहार्यः अध्यक्ष चन्द्रप्रसाद ढकाल

author

समाचारपाटी

२ महिना अगाडि

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरण हुँदा स्टार्टअप उद्यमको विकास गर्नु अपरिहार्य रहेको बताउनुभएको छ ।

सोमवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एफएनसीसीआई इनोभेसन संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले मुलुक अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरण हुँदा विश्व प्रतिष्पर्धामा आउन नयाँ नयांँ नविनतम सोचका साना, मझौला उद्यम र स्टार्टअपको विकास गर्नु अपरिहार्य रहेको बताउनु भयो । उहाँले अहिले सञ्चालित उद्योग व्यवसायहरुलाई पनि नयाँ सोचबाट अघि बढाउनुपर्ने आवश्यकता भएको बताउनु भयो । उहाँले नयाँ सोचका साथ व्यवसाय बिस्तार गर्नसक्दा मात्रै अर्थतन्त्रको विकासमा नयाँ अवसरहरु सिर्जना हुने र नवप्रवर्तनले लागत घटाउने तथा उद्यमीहरुको लागि आत्मनिर्भर बन्ने माध्यम हुने विश्वास रहेको बताउनु भयो । उहाँले महासंघले इनोभेटिभ स्टार्टअपको विकास एवं प्रवद्र्धनमा सघाउ पु¥याउन “स्टार्टअप एण्ड इनोभेसन फोरम” गठन गरेको बताउनु भयो । उहाँले लघु घरेलु तथा साना उद्यम समितिले यस क्षेत्रको बिस्तारका लागि काम गरिरहेको बताउनु भयो । उहाँले निर्यात प्रवद्र्धन समितिले बाहिरको बजार खोज्ने प्रयास गरेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘विकासउन्मुख देशमा स्तरउन्नती भएको परिवेशमा विश्व प्रतिष्पर्धामा आउन नयां नयां इनोभसन सोचका साना मझौला उद्यम र स्टार्टअपको विकास गर्नु अपरिहार्य भएको छ । साथै सञ्चालित उद्योग व्यवसायहरुलाई पनि नयां सोचबाट अघि बढाउनुपर्ने आवश्यकता भएकोछ । यसरी व्यवसाय बिस्तार गर्न सकियो भने, अर्थतन्त्रको विकासमा नयां अवसरहरु सिर्जना हुनेछन्, नवप्रवर्तनले लागत घटाइ व्यवसाय विस्तार हुनुका साथै उद्यमीहरुको लागि आत्मनिर्भर बन्ने एउटा महत्वपूर्ण माध्यम बन्ने हाम्रो विश्वास छ । यस महासंघमा पनि इनोभेटिभ स्टार्टअपको विकास एवं प्रवद्र्धनमा सघाउ पु¥याउन “स्टार्टअप एण्ड इनोभेसन फोरम” गठन गरिएको छ, यो फोरममार्फत इनोभेटिभ स्टार्टअप एवं एसएमइजका नीतिगत व्यवस्थाहरु, प्रक्रियागत सहजतादेखि लिएर क्षमता अभिबृद्धिका विभिन्न तालिम, गोष्ठी, अन्तरक्रिया, सेमिनार, लगानीमा पहुंच, बजार विस्तारसम्मका विषयहरुमा नेपाल सरकार, दातृ निकाय एवं सरोकारवाला निकायहरुसंग छलफल एवं सहकार्य गर्दै आएको छ । लघु घरेलु तथा साना उद्यम समितिले यस क्षेत्रको बिस्तारका लागि काम गरिरहेको छ भने लगानी तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लगानी विस्तारमा काम गरिरहेको छ ।’ 


अध्यक्ष ढकालले देशभित्र आर्थिक क्रियाकलाप बढाउन कर प्रणालीलाई सरल र व्यवसायमैत्री बनाउनुपर्ने, करका प्रकृयाहरुमा पारदर्शी बनाई कम दरमा कर उपलब्ध गराउन सक्नुपर्ने बताउनु भयो । उहाँले आयात–निर्यात प्रक्रियालाई सरल बनाउँदै अनधिकृत आयात रोक्न जरुरी रहेको उल्लेख गर्नुभयो । सरकारले नीतिगत स्पष्टता, स्थिरता र शिघ्र एवं प्रभावकारी कार्यान्वयनको सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले शुसासनमा सुधार गरी युवाहरुलाई काम गर्न उत्साहित र प्रोत्साहित गरिनुपर्नेमा जोड दिनुभयो ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन