fbpx

नेपालको शिक्षा समायानुकुल भएन : चन्द्र भण्डारी

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समायानुकुल नभएको बताउनुभएको छ । 
बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो  भएको तर नेपालका लागि र नेपालीका लागि योग्य जनशक्ति उत्पादन गर्न असक्षम भएको बताउनु भयो । उहाँले नेपालको समयानुकुल शिक्षा नीति नहुँदा विद्यार्थीहरु विदेश पलायन भइरहेको बताउनु भयो ।

उहाँले प्राथमिक शिक्षा, क्याम्पस शिक्षा र उच्च शिक्षा गरी तीन क्षेत्रमै नेपालमा चुनौति रहेको भन्दै समयानुसार पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालय बेरोजगार उत्पादनको केन्द्र बनिरहने हो भने विश्वविद्यालय सञ्चालन भइरहनुभएको अर्थ नरहेको जिकिर गर्नुभयो । उहाँले नतिजा समयमा ननिस्किने, परीक्षा समयमा नहुने, पाठ्यपुस्तक समयमा नै विद्यार्थीले नपाउने लगायतका समस्या अहिले पनि विद्यमान रहेको बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘हाम्रो नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो भयो, नेपालका लागि र नेपालीका लागि गर्न सकेन । नभन्दै अहिले हामीले हाम्रा युवाहरु बाहिर जान्छन्, त्यही शिक्षाको परिणाम हो यो । हामीले तल्लो तह, क्याम्पस र उच्च शिक्षामा यि तीनै क्षेत्रमा हाम्रा धेरै चुनौति छन्, यी सके लिडरसिपको कारण हो । हाम्रो पाठ्यक्रम पनि हामीले राम्रो बनाउन सकेनाँ ।

समयानुकलु छैन, परीक्षा प्रणाली पनि समायानुकुल छैन, नतिजा पनि समयमा निस्किँदैन, हाम्रो विद्यार्थीले १० कक्षा पास गर्दा सामान्य कुरा पनि बुझेको हुँदैन, उसले कुनैपनि कुरा बुझेको हुँदैन, नेपाल, नेपालको स्थिति केही बुझेको हुँदैन, यस्तो कुरा मैले कतैपनि देखेको छैन । विश्वविद्यालयथ बन्द गरौँ, किन तलव ख्वाएर राख्ने, बेरोजगारीको थुप्रो उत्पादन गर्ने विश्वविद्यालय किन चाहियो, यो मैले ७ वर्षअघि भनेको हो, अझै पनि त्यही छ ।’

सांसद भण्डारीले नेपालमा कुन शिक्षाको प्रणाली अपनाउने हो त्यो स्पष्ट हुनुपर्ने बताउनु भयो । उहाँले नेपालमा नयाँ तरिकाबाट शिक्षाका बारेमा नसोचेसम्म विद्यार्थीहरुल पलायन हुने क्रम नरोकिने दाबी गर्नुभयो ।


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक